रोटरी डाउनटाउनको सहयोगमा निर्माण भएको शौचालय र चापाकल हस्तान्तरण

  • ... ६७२  पटक हेरिएको

मंगलबार, फाल्गुण १६, २०७९ समय : १५:०५:५७ , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ विकासका लागि ३८ लाख भन्दा बढि रकम खर्च गरेका छन् । जस अन्तर्गत क्बले विराटनगर महानगरपालिकाको वडा नं. ४ स्थित खारजी कोहवराको एउटै टोलमा ७३ वटा शौचालय, २१ वटा चापाकल जडान र २० वटा चापाकलको मर्मत सम्भार गरेको छ ।

क्लबले ज्योति आधारभूत विद्यालयमा खानेपानीको व्यवस्थापन गर्ने तयारीमा जुटेको छ । क्बलका पूर्व अध्यक्ष रचना राठी र अर्चना तपडियाको सक्रियतामा अढाई महिना भित्र ७३ वटा शौचालयको निर्माण, २१ वटा चापाकलको जडान र २० वटा चापाकलको मर्मत सम्भारको काम सम्पन्न भएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठी सहितका पदाधिकारीहरुले मंगलबार खारजी कोहबरा टोलमा भव्य समारोहको आयोजना गरेर विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की, विराटनगर वडा नं. ४ का वडाध्यक्ष तेजन थापा र बरिष्ठ रोटरीयन बेनीगोपाल मुन्दडाको उपस्थितिमा निर्माण गरिएको शौैचालय र चापाकल सम्बन्धित घर धनिलाई हस्तान्तरण गरिएको छ । साथै क्लबका पदाधिकारीहरुले शौचालय र चापाकलको संरक्षण गर्न सम्बन्धित घर धनिलाई सुझाव दिएको छ ।

कार्यक्रममा क्बलका अध्यक्ष रेखा राठी, सचिव नमिता टिबडेवाला, कोषाध्यक्ष प्रियंका मुदडा, जनसम्पर्क अधिकृत सपना सिंघल, क्लबका निवर्तमान अध्यक्ष संचिता जैन, आगामी अध्यक्ष कुशुम चैनवाला, पूर्वअध्यक्ष रचना राठी, अर्चना तापडिया, किरण कर्ण, सुनिता अग्रवाल, डा. ममता बर्मा, अर्चना शर्मा, राजकुमारी तोदी, अनिता सोनीको सहभागिता रहेको थियो ।

रोटरीयन अनिता सारडाले कार्यक्रम संचालन गरेकी थिइन । शौचालय निर्माण र चापाकल जडान तथा मर्मत सम्भार पछि उत्साहित टोलवासीले क्लबका पदाधिकारी सहित कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुलाई फुलमालाले स्वागत गरेका थिए ।