विद्यार्थीलाई रोटरीयनको सन्देश, जीवनमा सफलता प्राप्त गर्न हरेस नखाई खुशियालीका साथ जीवन बिताउँ

  • ... ९४७  पटक हेरिएको

शुक्रबार, फाल्गुण १२, २०७९ समय : १४:०३:४९ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

रोटरी क्लब अफ विराटनगरले विद्यार्थीहरुलाई जीवनमा सफलता प्राप्त गर्न हरेस नखाई खुशियालीका साथ जीवन बिताउँन सन्देश प्रवाह गरेका छन् । जीवनमा कसरी सफलता प्राप्त गर्ने विषयमा विद्यार्थीहरुलाई सन्देश प्रवाह गर्न रोटरी क्लब अफ विराटनगरले शुक्रबार उत्पेरक कार्यक्रम आयोजना गरेका थिए ।

अन्तर्राष्ट्रिय उत्पेरक दृष्टिबिहीन सृष्टि केसी उत्पेरक रहेको कार्यक्रममा विराटनगरमा कक्षा ११ र १२ अध्ययन गरिरहेका विभिन्न कलेजका १ हजारभन्दा बढि सहभागिता रहेको थियो । पछिल्लो समय युवाहरुमा देशको अवस्था देखेर डिप्रेसन तर्फ अग्रसर भईरहेको अवस्थामा उनिहरुलाई कसरी सफलता प्राप्त गरेर आत्मबलका साथ अगाडी बढ्ने उद्देश्यका साथ उत्पेरक कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठले जानकारी गराए ।

कक्षा ८ मा अध्ययनरत रहेको क्रममा सृष्टि चिकित्सकको गलत औषधिको सिकार भएकी थिइन । कक्षा १० मा अध्ययनरत रहेको बेला सृष्टि पूणरुपमा दृष्टिबिहीन बनेकी थिइन । तर पनि उनले अडियोको सहायताले कक्षा ११ र १२ मा नेपाल टपरका साथ उतृर्ण भईन ।

स्नातकमा पनि नेपाल टपर केसी विश्वको ४ वटा देशबाट मास्टर डिग्रीको उपाधी हासिल गरेकी छिन् । र उनलाई विभिन्न देशले पीएचडी अध्ययनका लागि अफर गरेका छन् । तिनै दृष्टिबिहनी केसीले शुक्रबार विराटनगरका विद्यार्थीहरुलाई जीवनमा हरेस नखाई खुशियालीका साथ जीवन बिताउन उत्पेरणा प्रदान गरे ।

कार्यक्रममा रोटरी क्लबअफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठ, सचिव शिव अधिकारी, क्लबका पूर्व अध्यक्ष डा. बिजुकुमार थपलिया, रोटरी इन्टरनेशनल ३२९२ का सहायक गभरर्नर अर्चना तपडिया, रोटरीयन नन्दिप अग्रवाल, सुजु कोइराला लगायतका रोटरीयनहरुको सहभागिता रहेको थियो । रोटरी क्लब अफ विराटनगरका सन् २०२२/२०२३ का अध्यक्ष कविन श्रेष्ठको कार्यकालमा समाज परिवर्तनको पक्षमा महत्वपूर्ण काम भइरहेको छ ।