रोटरीयनको शान्ति र्‍याली

  • ... ७९१  पटक हेरिएको

बिहिबार, फाल्गुण ११, २०७९ समय : १५:१५:१६ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

रोटरी क्लब ११८ बर्ष पुगेको अवसरमा विराटनगरका रोटरीयनहरुले बिहीबार शान्ति र्‍याली निकालेको छ । ५ रोटरी क्लबका पदाधिकारीहरु शान्ति र्‍यालीमा सहभागीता जनाएका थिए ।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठ, रोटरी क्लब अफ विराटनगर मिडटाउनका अध्यक्ष राम श्रेष्ठ, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठी, रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजाल र रोटरी क्लब अफ विराटनगर फ्यूजनका अध्यक्ष स्वेता तोदीले शान्तिपूर्ण र्‍यालीको नेतृत्व गरेका थिए ।

रोटरीयन बेनीगोपाल मुन्दडा, जुगल किशोर राठी, शिव अधिकारी, प्रमोद जिन्दल, जिना थापा र श्रृजु प्याकुरेल कोइरालासहित ५० भन्दा बढि रोटरीयनहरु शान्तिपूर्ण र्‍यालीमा सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी रहेको रोटरी क्लबको भवनबाट निस्केको शान्तिपूर्ण र्‍याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि पुनः रोटरी भवनमा आएर समापन भएको थियो ।

आजभन्दा ११८ बर्ष अगाडी सन् १९०५, २३ फेबरीका दिन अमेरिकाको सिकागो शहरबाट ४ जना व्यक्तिले रोटरी क्लबको स्थापना गरेका थिए । विश्वको २०० भन्दा बढि देशहरुमा ४६ हजार क्बल रहेका छन् ।