स्वतन्त्र सेनानी नौलखाको परिवारसँग मन्त्री मोदीको भेटघाट

  • ... ५७०  पटक हेरिएको

मंगलबार, फाल्गुण ०९, २०७९ समय : १६:०३:५३ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

स्वतन्त्र सेनानी स्व. भीमराज नौलखाको परिवारसँग संघिय सरकारका संघिय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले भेटघाट गरेका छन् । मंगलबार बिहान मन्त्री मोदी विराटनगर–७ स्थित मेनरोडमा रहेको स्वतन्त्र सेनानी नौलखाको घरमै पुगेर परिवारसँग भेटघाट गरेका हुन् ।

स्वतन्त्र सेनानी स्व. नौलखाका ९३ बर्षीय श्रीमती जिउँदा स्वतन्त्र सेनानी इन्दुदेवी नौलखासँग भेटघाट गर्दै मन्त्री मोदीले आशिर्वाद ग्रहण गरेका थिए । स्वतन्त्र सेनानी नौलखाका कान्छा छोरा बुहारी गणपत नौलखा र मिलन नौलखा तथा नाती हिमान्सु नौलखाले मन्त्री मोदीलाई स्वागत तथा सम्मान गरेका थिए ।

नेपालबाट जहानिय राणाशासनलाई समाप्त गर्न नेपाली कांग्रेसका नेता बिपि कोइरालाले स्वतन्त्र सेनानी स्व. नौलखाको घरमा हतियार लुकाउन राखिएको ऐतिहासीक बक्साको मन्त्री मोदीले निरिक्षण गरेका थिए ।

राणाशासनलाई समाप्त पार्न स्वतन्त्र सेनानी नौलखाको घरलाई नेपाली कांग्रेसका नेताहरुले लुक्ने स्थानको रुपमा प्रयोग गरेका थिए । नेपाली कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकामा निर्वाचित वडा नं. ७ र ९ का वडाअध्यक्ष मधुबाबु तिवारी र विश्वनाथ भगत (लालु), नेपाली कांग्रेसका युवा नेता विकास लालवानी र नेकपा माओवादी केन्द्रका युवा नेता केपी चौलागाईँले मन्त्री मोदीलाई स्वागत गरेका थिए ।