भ्रष्ट अधिकृतलाई सहयोगि राखेर इमान्दारीताको कुरा गर्न मिल्छ हाकिम साहाब

  • ... ८७४  पटक हेरिएको

सोमबार, फाल्गुण ०८, २०७९ समय : १७:४२:०७ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले देशको राजश्व बढाउन इमान्दारीताको कुरा गरेका छन् । भन्सार प्रमुखको कुर्सीमा बसेकै दिन ढकालले सामान आर्यात निर्यात गर्दा प्रज्ञापन पत्रमा बोल कबोल गरेभन्दा बढि परिमाणमा सामान फेलापरे ५०० प्रतिशतले जरिवाना गर्ने भन्सार एजेन्ट, भन्सार प्रतिनिधि र उद्योगका प्रतिनिधिहरुलाई चेतावनी दिएका छन् ।

यस विषयमा भन्सार एजेन्ट, स्वतन्त्र भन्सार एजेन्ट प्रतिनिधि संगठन र उद्योगी क्षेत्रका प्रतिनिधिहरुको कडा प्रतिकृया सार्वजनिक भएको छ । भन्सार एजेन्ट संघका एक पदाधिकारीले भने भन्सार अधिकृत, भन्सारका नायब सुब्बा अर्थात जाँचकीहरुले अवैध रकम नलिकन कामै गर्न मान्दैनन् ।

त्यस्ता भ्रष्ट अधिकृत र कर्मचारीलाई सहयोगी बनाएर काम गराउने भन्सार प्रमुख ढकालले ईमान्दारीताको कुरा गर्न मिल्दैन । राजश्व अनुसन्धान विभागको इटहरी इकाई कार्यालयले पटक पटक विराटनगर भन्सार कार्यालयबाट चेक जाँच पास भएर छुटेको मालबहाक सवारी साधनलाई नियन्त्रणमा लिएर मोटो रकम जरिवाना गरी छोडिएको १०० भन्दा बढि रेकर्ड छ ।

विराटनगर भन्सार कार्यालयका अधिकृत प्रेम सुवेदीले जाँच पास गरेर छोडेको मालबहाक सवारी साधनलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ४५ लाख जरिवाना गरेर छोडेको रेकर्ड छ । र अहिलेपनि भन्सार अधिकृत सुवेदीसंग राजश्व अनुसन्धान विभागले नियमित बयान लिने क्रम जारी छ ।

आफै भैरहवा भन्सार कार्यालयमा कार्यालय प्रमुखको रुपमा कार्यरत रहँदा ढकालले उद्योगी तथा व्यवसायीसंग अवैध लेनदेन गरेको विषयमा भन्सार विभागले ढकाललाई कारवाही स्वरुप भन्सार विभागमा तानेको रेकर्ड छ । र यस्ता भन्सार प्रमुख ढकालले इमान्दारीको कुरा गर्दा धेरैलाई पचेको छैन । यस विषयमा मिश्रृत प्रतिकृया आउने क्रम जारी छ ।