विराटनगर भन्सार प्रमुख र भन्सार एजेन्ट बिच सम्बन्ध चिसियो ?

  • ... १२४६  पटक हेरिएको

आइतबार, फाल्गुण ०७, २०७९ समय : १६:१०:२२ , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल र भन्सार एजेन्ट तथा भन्सार प्रतिनिधि बिच सम्बन्ध चिसिएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुखको पदभार सम्हाले लगतै स्वागत गर्न तथा बधाई दिन उपस्थित भएका भन्सार एजेन्ट र प्रतिनिधिहरुसंग छलफल गर्दै भन्सार प्रमुख ढकालले प्रज्ञापन पत्र मार्फत भन्सार राजश्व ठग्न कोसिस गरेको खण्डमा पाँचगुणा बढि जरिवाना भराउने चेतावनी दिएका छन् ।

भन्सार प्रमुख ढकालको चेतावनी पछि पहिलो भेटघाटमै भन्सार एजेन्ट र प्रतिनिधिहरु संग सम्बन्ध चिसिएको छ । विराटनगर भन्सार एजेन्ट संघका एक पदाधिकारीले भनेः यस्तो कुरा गर्ने राजश्व समूहका उच्च पदस्थ कर्मचारी एकदमै इमान्दार हुन्छन् कि एकदमै बैमान हुन्छन् । तर भन्सार एजेन्ट र प्रतिनिधिसंगको छलफलमा भन्सार प्रमुख ढकालले व्यक्त गरेका प्रतिबद्धतालाई व्यवहारमा लागु हुन्छ कि हुँदैन हेर्न बाँकी छ । र यस विषयमा थप टिपर्णी पछि सार्ने गर्ने ति पदाधिकारीले बताए ।
भैरहवा भन्सार कार्यालयमा प्रमुखको रुपमा कार्यरत हुँदा भन्सार एजेन्ट संग किचलो उत्पन्न हुँदा ढकाललाई १ बर्षमै भन्सार विभागले कारवाही स्वरुप भन्सार विभागमा तानेका थिए । भन्सार विभागमै कार्यरत ढकाललाई विराटनगर भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

भन्सार प्रमुख ढकाल आउँन साथ भन्सार एजेन्ट र प्रतिनिधिहरुलाई जुन तरिकाले थर्काउने काम गरेको छ । यसले भन्सार राजस्व बढ्ने होइन घट्ने आकलन गर्न थालिएको छ ।

विराटनगर भन्सार कार्यालयको प्रमुखमा ढकालको सरुवा हुने बित्तिकै तेस्रो मुलुकबाट विराटनगर भन्सार कार्यालय हुँदै आयात भइरहेको सामान अन्य भन्सार कार्यालय तर्फ डाइभट भएको छ । र सुनसरी मोरङ औधोगिक करिडोरका उद्योगका संचालकहरुले विराटनगर भन्सार कार्यालयबाट आयात गरिरहेको औधोगिक कच्चा पदार्थ काँकरभिट्टा भन्सार कार्यालयबाट आयात गर्ने तयारीमा जुटेको छ ।