सबैका प्रिय अनि सीएनआई कोसी एक्स्पो २०७९ का कुशल व्यवस्थापक विजयहरि शर्मा

  • ... ९२८  पटक हेरिएको

बुधबार, फाल्गुण ०३, २०७९ समय : १८:३५:३० , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

विराटनगरमा सम्पन्न सीएनआई कोसी एक्स्पो २०७९ लाई भव्य रुपमा सम्पन्न गराउन नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरका महानिर्देशक विजयहरि शर्माले कुशल व्यवस्थापकको भूमिका निर्वाह गरेका छन् । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले माघ १९ देखि २८ गतेसम्म विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व शंकरपुर मार्गको दुई बेग्लाबेग्लै खाली मैदानलाई एकिकृत गरेर सीएनआई कोसी एक्स्पोको आयोजना गरेका थिए ।

जुन एक्स्पोले ईतिहास रच्दै नेपालकै अहिलेसम्मको सबैभन्दा ठुलो एक्स्पोको उपाधी हासील गरेको छ । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर चार देशका चार सयभन्दा बढि औधोगिक तथा कृषि उत्पादनका स्टल एक्स्पोमा रहेका थिए ।

५ लाखको हाराहारीमा सर्वसाधारणले एक्स्पोको अवलोकन गरेका छन् । परिसंघका महानिर्देशक शर्मा गुणैगुणले भरिएको मेहनत, लगनशिल, इमान्दार व्यक्तिको रुपमा चिनिन्छन् । कहिले, कसैसंग पनि नरिसाउने महानिर्देशक शर्माको स्वभाव छ । उल्टै रिसाएर गालीगलोज गर्न आउने जस्तोसुकै प्रवृत्तिका व्यक्तलाई हँसाएर पठाउने क्षमतावान व्यक्ति हुन् महानिर्देशक शर्मा ।

सीएनआई कोसी एक्स्पोमा निःशुल्क पास लिन हजारौं यूवा महानिर्देशक शर्मासमक्ष पुगेको र शर्माले सबैलाई खुशी पार्दै हसाएर पठाएको खुवी भएको व्यक्ति हुन् । केही समयअगाडी उच्चपदस्थ सरकारी सेवाबाट अवकास लिएर परिसंघको महानिर्देशक पदको जिम्मेवारी सम्हालेका शर्मा परिसंघका अध्यक्ष भीम घिमिरेदेखि सम्पूर्ण बोर्डमेम्बरका प्रिय पात्र मानिन्छन् ।

परिसंघका अध्यक्ष भीम घिमिरेसंग आत्मिय सम्बन्ध कायम रहेकै कारण महानिर्देशक पदको जिम्मेवारी सम्हालेका शर्मा परिसंघलाई अगाडी बढाउने काममा लागि परेका छन् । परिसंघले विराटनगरमा आयोजना गरेको सीएनआई कोसी एक्स्पोलाई असफल बनाउन न्यायलयमा मुद्दा दायर गर्नेसम्मको काम भयो । तर महानिर्देशक शर्माले न्यायलयमा बहस गर्ने कानुन व्यवसायहरुसंग समन्व्य र सहकार्य गर्दै रायसुझाव दिएर न्ययलयको मुद्दाको फैसला सीएनआई कोसी एक्स्पोको पक्षमा पार्न सफल भएको छ ।

एक्स्पोमा चार देशबाट आएका औधोगिक तथा कृषि उत्पादनका स्टललाई उचित व्यवस्थापन सहित उनिहरुलाई घरसम्म पु¥याउने व्यवस्था महानिर्देशक शर्माले गरेका छन् । र सीएआई कोसी एक्स्पो २०७९ भव्य रुपमा सफल भएको छ ।