- ... ४९९ पटक हेरिएको
मंगलबार, फाल्गुण ०२, २०७९ समय : १४:५१:३४ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
विराटनगर–९ स्थित हाम्रो समाजले चमत्कारी कार्यको थालनी गरेको छ । जसको चौर्तफी प्रशंसा सुरु भएको छ । समाजले १० लाखभन्दा बढि रकम खर्चेर भानु टोललाई सौन्दर्यकरण गर्ने गरी सडकको दुवै भागमा बत्ती जडान गरेको छ ।
विराटनगरको ट्राफिक चोकदेखि बसपार्कसम्मको क्षेत्रलाई समेटेर समाजले भानुटोलको सडकको दुवै भागमा ग्रिल जडान गरी ग्रिलमै जडान गरिएको फलामको पोलमा बत्ती जडान गरेर सहरलाई सौन्दर्यकरण गर्ने अभियानमा जुटेको छ ।
समाजका अध्यक्ष अनुप सापकोटा (बब्लु) ले विराटनगरको ट्राफिक चोकदेखि बसपार्क क्षेत्रसम्मको भानु टोललाई सौन्दर्यकरण हुने गरी सडकलाई उज्यालो पार्न बत्ती जडान गरिएको बताए । समाजले भानु टोललाई सौन्दर्यकरण गरेर उज्यालो बनाउन उभोक्ता समिति मार्फत १० लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।
२० दिनभित्र काम सक्ने गरी सडक पेटिको पोलमा बत्ती जडान गर्ने काम भईरहेको अध्यक्ष सापकोटाले बताए । समाजले उपभोक्ता समिति मार्फत गरेको कामको अनुगमन गरिरहेको छ । समाजले कलेज रोडदेखि बसपार्क क्षेत्रसम्म भानु टोल सडक मार्गको दुवै भागमा जडान गरेको ग्रिलमा रंगरोगन समेत गरेको छ ।