सीएनआई कोसी एक्स्पोमा खानाको परिकार बजारभन्दा सस्तो

  • ... १३१९५  पटक हेरिएको

बिहिबार, माघ २६, २०७९ समय : १३:१०:३० , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ मा खानाका परिकार बजारभन्दा सस्तो छ । सस्तो खाना परिकारको स्वाद लिन उपभोक्ताहरुको एक्स्पोमा भिड लाग्न थालेको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको खाली मैदानमा १० दिने सीएनआई कोसी एक्स्पोको आयोजना गरेको छ ।

माघ १९ गतेदेखि सुरुभएको एक्स्पो २८ गतेसम्म संचालन हुने छ । एक्स्पोमा २० भन्दा बढि खाना परिकारका स्टल रहेका छन् । अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा कृषि प्रदर्शनिमा रहेका सबै खानाका स्टलहरुमा खानाका परिकार बजारभन्दा सस्तो मूल्यमा विक्री हुने गरेको छ । एक्स्पो घुम्नआउने जोकोहिले विभिन्न स्वादिष्ट खाना परिकारको स्वाद लिने गरेको छ ।

एक्स्पोमा सौरभ सुवेदी र श्रीजा पोखरेल दम्पत्तिले संचालन गरिरहेको ज्याक एण्ड जिल, विस्ट्रो एण्ड क्याफे खानाको स्टलमा नेपाली सहित विदेशी खानाको स्वाद लिन उपभोक्ताको चाप बढेको छ । १५ वर्षभन्दा बढि समय विदेशमा काम गरेर नेपाल फर्केका सौरभ सुवेदीले झापाको चारअलीमा आयुष्मान चार तारे होटल निर्माण गरिरहेको छ । र होटलमा नेपाली सहित विदेशीहरुलाई खुवाउने खाना परिकारको प्रचारप्रसार गर्न कोसी एक्स्पोमा स्टल राखेका छन् । र सुवेदी दम्पत्तीको स्टलमा बजार भन्दा सस्तोमूल्यमा खानाको परिकार विक्री भईरहेको छ ।

ग्रिक, अस्ट्रेलियन, ईटालियन, नेपाली खानाको परिकार बजारभन्दा सस्तो छ । त्यस्तै विराटनगरको आँगन स्विट एण्ड स्नेक्सले एक्स्पोमा राखेको स्टलमा खाना परिकारहरु सस्तो मूल्या विक्री भईरहेको छ । आँगनले बजारमा २५० मा विक्री गर्ने गरेको डोसा एक्स्पोमा २०० रुपैयाँमा विक्री गरिरहेको छ । १८० को चार्ट १०० मा, १५० को मःमः १०० मा र २१० को चाउमिन १०० मा विक्री गरिरहेको संचालक विवेक अग्रवालले जानकारी गराए ।

एक्स्पोमा २० भन्दा बढी खाना परिकारको स्टलबाट बजारभन्दा सस्तो मूल्यमा खानेकुरा विक्री भईरहेको छ । यस बाहेक विभिन्न औधोगिक तथा व्यापारिक प्रतिष्ठानले एक्स्पोमा राखेको भुजिया, बिस्कुट, चाउचाउ लगायतका सामग्री भारी छुटको व्यवस्था गरेकोले एक्स्पोप्रति सर्वसाधारणको चाप बढेको छ ।