सीएनआई कोसी एक्स्पो नेपालकै सबैभन्दा ठुलो औधोगिक तथा कृषि प्रर्दशनी

  • ... ५४९३  पटक हेरिएको

बुधबार, माघ २५, २०७९ समय : १५:०५:३५ , २ वर्ष अगाडि

ब्रह्मदेव यादव, विराटनगर

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले विराटनगरमै आयोजना गरेको सीएनआई कोसी एक्स्पो नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा कृषि प्रर्दशनी हो । संघिय, प्रदेश र स्थानिय तह गरेर तीन तहकै सरकारका पदाधिकारीहरुले सीएनआई कोसी एक्स्पोको अवलोक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सीएनआई कोसी एक्स्पोको माघ १९ गते उद्घाट गरेका थिए । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघ २८ गते एक्स्पोको समापन गर्ने कार्यक्रम तय गरिएको छ ।

पूर्व प्रधानमन्त्री ओली प्रदेशका मुख्यमन्त्री कार्की प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्य, संघिय सरकारका मन्त्रीदेखि प्रदेश सरकारका मन्त्रीसम्म र प्रदेशको प्रार्य सबै स्थानिय तहका जनप्रतिनिधिहरुले सीएनआई कोसी एक्स्पोको अवलोकन गरेका छन् । र, अवलोकन गर्ने क्रम जारी छ ।

नेपाल उद्योग परिसंघ १ नं. प्रादेशिक कार्यालय विराटनगरले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको दुई बेग्लाबेल्लै ठुलो मैदानलाई घेराबेरा सहित एउटै बनाएर अन्तर्राष्ट्रिय स्तरको सीएनआई कोसी एक्स्पो २०७९ को आयोजना गरेको छ ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका औधोगिक तथा कृषि उत्पादनको विक्री भईरहेको छ । परिसंघका अध्यक्ष भीम घिमिरले विराटनगर सहित १ नं. प्रदेश वासीलाई सीएनआई कोसी एक्स्पोको अवलोक गर्न आग्रह गरेको छ । बुधबार चिरफार डटकम संग कुरा गर्दै अध्यक्ष घिमिरेले भने– सीएनआई कोसी एक्स्पो नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा कृषि प्रदर्शनी हो ।

विराटनगर सहित प्रदेश तथा सम्पूर्ण देशवासीलाई एक्स्पोको अवलोकन गर्न आग्रह गर्दछु । विराटनगरमा परिसंघले आयोजना गरिएको कोसी एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा कृषि सामग्री विक्री भईरहेकोले अवलोक गरेर त्यसको लाभ उठाउन आग्रह गर्न चाहन्छु । एक पल्ट कोसी एक्स्पोको अवश्य अवलोकन गर्नुहोस् ।
अवलोकन गर्न नछुटाउनुस् । अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा पाकिस्तानको सहजाद ट्रेडर्सले उट र भेडाको छालाका ज्याकेटहरु स्टल मार्फत विक्री गरिरहेको छ ।

ट्रेडर्सले विभिन्न प्रकारको ज्याकेट विक्री गरिरहेको छ । जसको मूल्य न्यूनतम ३ देखि बढिमा ८ हजारसम्म रहेका छन् । पाकिस्तानको सहजाद ट्रेडर्सर्स उट र भेडाकै छालालाई मिक्स गरेर बनाइएको गुलन उपभोक्ताले साह्रै मन पराएर खरीद गरिरहेका छन् । २ हजार ५ सयदेखि ५ हजारसम्म गुलनको मूल्य कायम गरिएको छ ।
यस बाहेक छालाका पर्स र बेल्ट विक्री भईरहेको छ । जसको मूल्य ७ सयदेखि १२ सयसम्म रहेको छ । एक्स्पोमा बंगलादेशको गार्मेन्ट उद्योगका तयारी पोसाक सट, पेन्ट, भेष्ट, कुर्ता सुरुवाल, स्टल मार्फत विक्री भईरहेको छ ।

सीएनआई कोसी एक्स्पोको आयोजक नेपाल उद्योग परिसंघ विराटनगरले मोटो रकम खर्चेर सांस्कृतिक कार्यक्रमकालागि बोलाईएका सबै गायक तथा कलाकारहरुलाई बुधबारदेखि एक्स्पोको सबै स्टलको अवलोकन गर्न अनिर्वाय गरिएको छ । बुधबार ३ घण्टाभन्दा बढि समय लगाएर ४ सय भन्दा बढि स्टलको कलाकार मनोज गजुरेलले अवलोकन गरेका थिए । परिसंघका अध्यक्ष घिमिरेले एक्स्पोमा रहेको औधोगिक तथा कृषि प्रदर्शनी स्टलको प्रवद्र्धनकालागि कलाकारलाई अनिवार्य स्टलको अवलोकन गर्न लगाईएको बताए ।