
- चिरफार डटकम, विराटनगर ३९० पटक हेरिएको
मंगलबार, बैशाख ०२, २०८२ समय : १७:४७:३६ , १७ घन्टा अगाडि
मारवाडी युवा मञ्च विराटनगरले एक हस्ताक्षर, एक बिरुवा संकल्प अभियान सुरु गरेको छ । मारवाडी युवा मञ्च विराटनगर ९औं वर्षमा प्रवेश गरेको अवसर पारेर देशमा सुख शान्ति र समृद्ध अभियानका लागि संकल्प अभियान सुरु गरिएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले जानकारी गराए ।
नयाँ वर्ष २०८२ को अवसरमा मंगलबार विराटनगर स्थित जैन भवनको अगाडिबाट संकल्प अभियानको शुभारम्भ गरिएको छ । पहिलो दिनमै ४ सय जनालाई बिरुवा वितरण गरिएको छ । बिरुवा लाने जति सबैले अनिवार्य रूपमा संकल्प अभियानमा हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल, कांग्रेस नेता फुलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष भिखमचन्द सरल, नेपाल राष्ट्रिय मारवाडी युवा संगनका उपाध्यक्ष गोपाल अग्रवाल, मारवाडी सेवा समिति विराटनगरका कार्यवाहक अध्यक्ष जुगलकिशोर राठी, कांग्रेस नेता कृष्ण कार्की, कांग्रेस महिला नेत्री झुमा निरौला, नेपाल स्वर्णकार समाज मोरङका अध्यक्ष महेशकुमार स्वर्णकारले संकल्प अभियानमा सहभागिता जनाउँदै हस्ताक्षर गरेका छन् ।
मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले एक हस्ताक्षर, एक बिरुवा संकल्प अभियानलाई निरन्तरता दिने बताए ।