सीएनआई कोसी एक्स्पोले कुनै डिस्टव गरेको छैन– मेरिल्याण्ड केरियर एकेडेमी

  • ... ५२२  पटक हेरिएको

मंगलबार, माघ २४, २०७९ समय : १३:५१:११ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

चार्टड एकाउन्टेण्स (सीए) विषय अध्यापन गराई रहेको विराटनगर–२ स्थित मेरिल्याण्ड केरियर एकेडेमीले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको कारण विद्यार्थीको पढाईमा कुनै डिस्टव नभएको जानकारी गराएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा सीएनआई कोसी एक्स्पो २०७९ को आयोजना गरेको छ । र एक्स्पोको नजिकै रहेको मेरिल्याण्ड केरियर एकेडेमीको विद्यार्थीलाई पढाईमा डिस्टव भईरहेको एक्स्पोलाई बदनाम हुने गरी समाचार प्रवाह भईरहेकोले त्यस्तो भ्रामक र कापोकप्कि समाचारको खण्डन गरेको छ ।

एक्स्पो प्रति कुनै गुनासो नरहेको कलेजले स्पष्ट पारेको छ । कलेजका प्रशासन प्रमुख दुर्गाप्रसाद प्रसाईले जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका र नेपाल उद्योग परिसंघ १ नं. प्रदेश कार्यालय विराटनगरालाई बौद्धार्थ दिएर निकालेको विज्ञप्तीमा सीएनआई कोसी एक्स्पोको कारण सीएमा अध्ययनरत विद्यार्थीलाई कुनै डिस्टव रहेको उल्लेख गरिएको छ ।

साथै विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो भव्य र ऐतिहासिक रुपमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले विराटनगरमा आयोजना गरेको सीएनआई कोसी एक्स्पोलाई असफल बनाउन विभिन्न समूहले समय समयमा अदालतमा मुद्दा हालेर एक्स्पो बन्द गराउनेदेखि विद्यार्थीको पढाई डिस्टव भईरहेको एक्स्पोलाई बदनाम गराउने गरी समाचार प्रवाह भईरहेको छ । तर पनि नेपाल उद्योग परिसंघले सीएनआई कोसी एक्स्पोलाई भव्य रुपमा सम्पन्न गराउने कार्यमा लागि परेको छ ।

परिसंघका अध्यक्ष भीम घिमिरेले सीएनआई कोसी एक्स्पो जस्तो सुकै शक्तिले असफल बनाउने प्रयास गरेपनि एक्स्पो भव्य र ऐतिहासिक रुपमा सफल हुने बताए ।