- ... ३२१ पटक हेरिएको
सोमबार, माघ २३, २०७९ समय : १६:०४:११ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
पेट्रोल खन्याएर आत्महत्या गर्ने श्रृखला बढ्न थालेपछि नेपाल प्रहरीले बोतल र गिलेनमा पेट्रोल विक्रीमा प्रतिबन्ध लगाएको छ । नेपाल आयल निगमले देशभरीको इन्धन विक्रेता पम्पहरुलाई बोतल र गिलेनमा पेट्रोल विक्री नगर्न निर्देश जारी गरेको छ । भने नेपाल प्रहरीले बोतल र गिलेनमा पम्पहरुबाट हुने गरेको विक्री वितरणमा कडाइ गरेको छ ।
नेपाल आयल निगमको १ नं. प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले सरकारको निर्देशन पछि निगमले बोतल र गिलेन मार्फत हुने गरेको पेट्रोल विक्री नगर्न मातहतका पम्पहरुलाई पत्रचार गरिएको जानकारी गराए ।
मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विगत केही समय यता पेट्रोल खन्याएर आत्महत्या गर्ने श्रृखला बढ्न थालेपछि बोतल र गिलेनमार्फत हुने गरेको पेट्रोल विक्रीमा प्रतिबन्ध लगाइएको बताए ।
सर्वसाधारणले बोतल र गिलेनमा पेट्रोल किनेर घर लाने र त्यही पेट्रोल शरीरमा खन्याएर आगो लगाउँदै आत्महत्या गर्न थालेपछि प्रहरीले बाध्य भएर यस्तो निर्णय गरेको हो । मोरङ प्रहरीले जिल्ला भरी बोतल, गिलेन र खुल्ला भाडोमा पसलबाट हुने गरेको डिजेल पेट्रोलको विक्रीमा प्रतिबन्ध लगाएको छ ।