सीएनआई कोसी एक्स्पोमा आगन्तुकलाई निःशुल्क चिया

  • ... ३१९  पटक हेरिएको

सोमबार, माघ २३, २०७९ समय : १५:५९:१२ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

नेपाल उद्योग परिसंघ १ नं. प्रादेशिक कार्यालय विराटनगरले विराटनगरमा आयोजना गरेको १० दिने सीएनआई कोसी एक्स्पो घुम्न आउने जोकोही आगन्तुकलाई निःशुल्क चियाको व्यवस्था गरेको छ ।

परिसंघका अध्यक्ष भीम घिमिरे र मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले आइतबार साँझ एक्स्पोमा रहेको निःशुल्क चिया स्टल चिया खाएर स्टलको उद्घाटन गरे ।

केएल दुगड समूहको ज्ञान चिया उद्योगले चियाको प्रायोजन गरेको छ । परिसंघका अध्यक्ष घिमिरेले सीएनआई कोसी एक्स्पो घुम्नआउने सर्वसाधारणदेखि विशिष्ट पाहुनालाई चियाले स्वागत गर्ने उद्देश्यले निःशुल्क चिया स्टलको स्थापना गरेको बताए ।
परिसंघले माघ १९ देखि २८ गतेसम्म विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको खाली मैदानमा सीएनआई कोसी एक्स्पो २०७९ को आयोजना गरेको छ ।

परिसंघले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा कृषि प्रर्दशनिमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका ३ सय ७० भन्दा बढि स्टल रहेका छन् । र ति स्टलबाट स्वदेशी तथा विदेशी सामग्री विक्री भइरहेको छ ।