विराट गोल्ड कप भव्य रूपमा सम्पन्न

  • ब्रह्मदेव यादव, विराटनगर २३९  पटक हेरिएको

बिहिबार, फाल्गुण २९, २०८१ समय : १७:३६:२२ , १९ घन्टा अगाडि

९औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समिति २०८१ ले फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहिद रंगशालामा फुटबल प्रतियोगिताको भव्य आयोजना गरेका थिए । जुन प्रतियोगिताको नेतृत्व मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष उद्योगी नविन रिजालले गरेका थिए ।

विराट गोल्ड कप फुटबल ट्रष्ट विराटनगर र विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिले २०७७ सालदेखि आयोजना गरेको चार संस्करणको फुटबल प्रतियोगिताको तुलनामा २०८१ सालमा आयोजना गरिएको फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो ।

२०७४ सालमा नविन रिजाल तत्कालीन मोरङ व्यापार संघको महासचिव रहेको बेला आयोजना गरिएको विराट गोल्ड कप फुटबल प्रतियोगिता इतिहास रच्दै भव्य रूपमा सम्पन्न भएको थियो । त्यस पछि यतिखेर नविन रिजाल मोरङ उद्योग व्यापार संघको निवर्तमान अध्यक्षको हैसियतमा आयोजना गरिएको विराट गोल्ड कप फुटबल प्रतियोगिता विगत चार संस्करणको फुटबल प्रतियोगिता भन्दा भव्य रूपमा सम्पन्न भएको छ ।

जसको पुष्टि विराट गोल्ड कप फुटबल प्रतियोगिताको पछिल्लो चार संस्करणको मैदानमा दर्शक बसेको यूटुभमा रहेको भिडियोले पुष्टि गर्छ । पछिल्लो चार संस्करणको मैदानमा दर्शक बसेको यूटुभ भिडियो र २०८१ मा मैदानमा दर्शक बसेर फुटबल हेरिरहेको भिडियो हेर्दा नविन रिजाल संयोजक रहेको फुटबल प्रतियोगितामा बढी दर्शक मैदानमा रहेको देखिन्छ ।

विराट गोल्ड कप फुटबल प्रतियोगिता २०८१ लाई भव्य रूपमा सम्पन्न गराउन विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समिति, विराट गोल्ड कप फुटबल ट्रष्ट र मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरूको ठुलो देन रहेका छन् । नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहेको प्रतियोगितामा चर्च ब्वाइजलाई पराजित गरेर थ्रीस्टार फुटबल क्लब काठमाडौँले उपाधि हात पारेका छन् ।