एउटै कार्यक्रममा तीन उद्योगी सम्मानित

  • चिरफार डटकम, विराटनगर ३२०  पटक हेरिएको

बिहिबार, फाल्गुण २९, २०८१ समय : १३:१५:१० , १ दिन अगाडि

एउटै कार्यक्रममा विराटनगरका तीन जना उद्योगी सम्मानित भएका छन् ।

विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समिति विराटनगरले नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडालाई सम्मान गरेका छन् ।

कोशी प्रदेशमा खेलकुद क्षेत्रलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको निश्कर्ष निकाल्दै विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिले तीनै जना उद्योगीलाई सम्मान गरेको हो ।

विराट गोल्ड कप फुटबल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक नविन रिजालले तीनै जना उद्योगीलाई बुधवार उत्कृष्ट उद्योगी सम्मान प्रदान गरेको हो ।