विराटनगरको ज्ञानु फार्मेसीमा औषधि व्यवस्था विभागको ताला

  • चिरफार डटकम, विराटनगर ३६४  पटक हेरिएको

सोमबार, फाल्गुण १९, २०८१ समय : १६:१३:०० , २ महिना अगाडि

विराटनगरको ज्ञानु फार्मेसीको औषधि व्यवस्था विभागले ताला लगाएका छन् । नेपालमा प्रतिबन्ध रहेको फेबरामल इन्जेक्सन बिक्री गरेका आरोपमा औषधि व्यवस्था विभागले विराटनगर–९ स्थित ज्ञानु फार्मेसीमा आइतबार साँझ ताल्चा बन्दी गरेको हो ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख निकेश श्रेष्ठको नेतृत्वमा गरिएको अनुगमनको क्रममा फार्मेसी सञ्चालक जयप्रकास रायले नेपालमा प्रतिबन्ध रहेको इन्जेक्सन बिक्री गरेको पाइएकोले ताल्चा बन्दी गरिएको हो ।

विराटनगरमा औषधिको थोकदेखि खुद्रा विक्रेताहरूले नेपालमा प्रतिबन्ध रहेको विभिन्न प्रकारको भारतीय औषधि महँगो मूल्यमा बिक्री गरिरहेका छन् । नेपालमा प्रतिबन्ध रहेको भारती औषधि तस्करीको माध्यमबाट नेपाल भित्री रहेका छन् ।