
- ब्रह्मदेव यादव, विराटनगर ७९० पटक हेरिएको
आइतबार, फाल्गुण १८, २०८१ समय : १८:५८:३३ , २ महिना अगाडि
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ जिल्लामा अध्यक्ष र उपाध्यक्ष बनाउन उम्मेदवारको नामै तोकेर पठाएका छन् ।
एमाले मोरङको १०औं अधिवेशन विराटनगरमा चलिरहेको बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजकुमार ओझालाई अध्यक्ष र विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीलाई उपाध्यक्ष बनाउन संस्थापन पक्षधर नेतालाई निर्देशन दिएका छन् ।
एमाले कोशी प्रदेशका इन्चार्ज एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित संस्थापन पक्षधर नेतालाई ओलीले फोन गरेर ओझालाई अध्यक्ष र कार्कीलाई उपाध्यक्ष बनाउन निर्देशन दिएका छन् ।
एमालेको संस्थापन इतर पक्ष विद्यादेवी भण्डारी समूहले मोरङ जिल्ला अध्यक्षको लागि अजम्बर राईको नेतृत्वमा बेग्लै प्यान खडा गरेर चुनावी अभियानमा होमिएका छन् ।
फागुन १७ गतेदेखि सुरु भएको मोरङ अधिवेशन १९ गते समापन हुनेछ । १०औं मोरङ जिल्ला अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिले मत खसाल्न पाउने छन् ।