
- ब्रह्ममदेव यादव, विराटनगर ३५७ पटक हेरिएको
बुधबार, फाल्गुण १४, २०८१ समय : १३:५९:०७ , २ महिना अगाडि
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी केन्द्रकै बलमा नेपाली कांग्रेस र नेकपा एमाले देशको ठुलो पार्टी भएको जिकिर गरेका छन् ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानमा रहेका प्रचण्ड सँग प्रेस सेन्टर नेपाल मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रले नै कांग्रेस र एमालेलाई देशको ठुलो पार्टी बनाइ दिएको बताए । देशको पस्थिती र जनताको माँग अनुसार माओवादी केन्द्र एमालेसँग रहेको बेला एमाले र कांग्रेस सँग रहेको बेला कांग्रेस ठुलो पार्टी बनेको प्रचण्डले बताए ।
जब कांग्रेस र एमालेसँग माओवादी केन्द्रले साथ छोड्यो, त्यसपछि माओवादी केन्द्र स्थानीय तहको उपनिर्वाचनमा सान्दार जित निकाल्यो । त्यसको पुष्टि मोरङ ग्रामथानको उपनिर्वाचनले पुष्टि गरेको प्रचण्डले बताए । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानमा जनताले दिएको साथ र सहयोगको आकलन गर्दा २०८४ को संसदीय निर्वाचनमा माओवादी केन्द्रले २०६४ को परिणामलाई दोहोराउने प्रचण्डले बताए ।
२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा माओवादी केन्द्र कांग्रेस र एमालेलाई पछाडि छोडेर देशको सबैभन्दा ठुलो पार्टी बनेको थियो । २०८४ को संसदीय निर्वाचनमा माओवादी केन्द्र देशको सबैभन्दा ठुलो पार्टी बन्ने प्रचण्डले जिकिर गरेका छन् । प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष पत्रकार नविन कर्णको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अभियानलाई छोडेर बुधबार काठमाडौँ पुगेका छन् ।