कोशी अस्पताललाई ९ थान फलामको डस्विन प्रदान

  • चिरफार डटकम, विराटनगर ४५०  पटक हेरिएको

मंगलबार, फाल्गुण १३, २०८१ समय : १७:३६:१२ , २ महिना अगाडि

माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताल विराटनगरलाई मंगलबार फलामको ९ थान डस्विन प्रदान गरेका छन् । एसियन थाइफुड्स प्रा.लि. ले ढक्कन सहित निर्माण गरेको फलामको डस्विन माहेश्वरी महिला मञ्च विराटनगरलाई उपलब्ध गराएका थिए।

माहेश्वरी महिला मञ्च विराटनगरे स्वच्छता अभियान अन्तर्गत कोशी अस्पतालको फोहोर व्यवस्थापन गर्नका लागि डस्विन प्रदान गरेका हुन् । माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबराले कार्यक्रमका विशिष्ट अतिथि कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झालाई डस्विन हस्तान्तरण गरेका थिए ।

कोशी अस्पतालमै आयोजित डस्विन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका संरक्षिका रतनीदेवी काबरा, अखिल भारत वर्षिय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरीजा सारडा, माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष श्रीमती गोमती राठी, नरसेवा नारायण सेवाका अध्यक्ष पृथ्वी अग्रवाल, नेपाल माहेश्वरी संगठनका उपाध्यक्ष उद्योगी आनन्द जाजु, सहभागी थिए ।