
- चिरफार डटकम, विराटनगर ३३३ पटक हेरिएको
सोमबार, फाल्गुण १२, २०८१ समय : १६:०४:३५ , २ महिना अगाडि
नेपाल भारतको सीमान्त क्षेत्र विराटनगर–१५ मा लायन्स र जेसीजको सहयोगमा ३० जना वृद्ध महिलाहरूलाई कम्मल वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल र लायन्सका पूर्व डिष्ट्रिक गभर्नर एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फुलकुमार लालवानीले विराटनगर–१५ स्थित नेपाल मानव धर्म सेवा समितिमा आश्रित वृद्ध महिलाहरूलाई कम्मल वितरण गरिएको हो ।
लायन्स क्लब अफ विराटनगरका अध्यक्ष निर्मल दाहाल, लायन्स क्लब अफ विराटनगर (एक्टिभ) का अध्यक्ष सुभाषचन्द्र यादव, विराटनगर जेसीजका वरिष्ठ उपाध्यक्ष कविराज दाहाल र विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साह कम्मल वितरण कार्यक्रममा सहभागी थिए ।