गोल्डेन अस्पताल १४औं वर्षमा 

  • ब्रह्मदेव यादव, विराटनगर ९९१  पटक हेरिएको

आइतबार, फाल्गुण ११, २०८१ समय : १७:५६:२६ , २ महिना अगाडि

विराटनगरको गोल्डेन अस्पताल १४औं वर्षमा प्रवेश गरेको छ । विराटनगर–११ स्थित महेन्द्र चौक पश्चिम तर्फ आफ्नै सुविधा सम्पन्न भवनमा अस्पताल सञ्चालन भई रहनु र ती अस्पतालबाट दक्ष विशेषज्ञ डाक्टरबाट सबै प्रकारका रोगको सस्तो, सरल र सुलभ दररेटमा उत्कृष्ट उपचार सेवा प्रवाह सँगै विद्यार्थी अध्ययन गराउने कलेज सञ्चालनमा ल्याउनु गोल्डेन अस्पतालको १४ वर्षको महत्त्वपूर्ण उपलब्धिको रूपमा चित्रण गरिएको छ ।

गोल्डेन अस्पतालका सञ्चालन एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष आरती रौनियार, सञ्चालक डा. श्याम रौनियार र सनातन मण्डलले आइतबार केक काटेर १४औं वार्षिकोत्सवको उद्घाटन गरेका छन् । डा. श्याम रौनियार र आरती रौनियार श्रीमान् श्रीमती हुन् । विराटनगर–७ स्थित अस्पताल चौकको सानो नर्सिङ होमबाट सञ्चालनमा आएको गोल्डेन अस्पताल सँग यतिखेर विराटनगर–११ को महेन्द्र चौक पश्चिम आफ्नै सुविधा सम्पन्न भवन छ ।

विराटनगरको नोबेल अस्पताल, विराट नर्सिङ होम र विराट टिचिङ अस्पतालको तुलनामा गोल्डेन अस्पतालमा सबै प्रकारका रोगको सस्तो, सरल र सुलभ दररेटमा दक्ष विशेषज्ञ डाक्टरबाट उत्कृष्ट उपचार सेवा प्रवाह भइरहेको छ । विराटनगरको गोल्डेन अस्पतालमा ४० प्रतिशतको हाराहारीमा भारतको विहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट बिरामी उपचारका लागि आइरहेका छन् । गोल्डेन अस्पताल विदेशी मुद्रा भित्र्याउने विराटनगरको निजी क्षेत्रको ठुलो अस्पताल हो ।

गोल्डेन अस्पतालले पछिल्लो समय मोटो रकम खर्चेर नेपालको ख्याति प्राप्त दक्ष विशेषज्ञ डाक्टर भित्र्याएका छन् । र ती दक्ष विशेषज्ञ डाक्टर मार्फत सबै प्रकारका रोगको उत्कृष्ट उपचार सेवा प्रवाह गर्न लागि परेका छन् । १०० सैंयाको गोल्डेन अस्पतालमा विराटनगरकै सबै भन्दा उत्कृष्ट सुपर स्पेसियालिटी टिम, सर्वश्रेष्ठ ट्रमा, न्यूरो तथा आर.टी.ए. म्यानेजमेन्ट टिम छन् ।

स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाउँदै कृतिम बुद्धिमत्ता, एकीकृत १९२ स्लाइस, सिटी स्क्यान, एमआरई, मोड्युलर ओटी, एड्भान्स आइसीयू, एनआइसीयू, एचडीसीयू जस्ता आधुनिक प्रविधिहरू गोल्डेन अस्पतालहरू सँग छ । गोल्डेन अस्पतालले १३ वर्षदेखि निरन्तर मृगौला रोग विशेषज्ञ टिमबाट सेवा प्रवाह गरिरहेका छन् ।

यस बाहेक ल्याप्रोस्कोपिक, कोलेसिस्टेवटोमी (पित्तथैली शल्यक्रिया) प्याकेज मेडिसिन, बेड, अनेस्थेसिया लगायतका सम्पूर्ण उचार सेवा ३९ हजार ५ सयमा उपलब्ध गरिरहेको छ । गोल्डेन अस्पतालले २०८१ मंसिर २१ गतेदेखि सिटिइभीटीबाट अनुमोदन प्राप्त कलेज सञ्चालन गरी डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र पीसीएल जनरल मेडिसिनको कक्षा सञ्चालन गरिरहेका छन् । गोल्डेन अस्पतालका सञ्चालक डा. श्याम रौनियारले सुविधा सम्पन्न अस्पतालबाट दक्ष विशेषज्ञ डाक्टर मार्फत सबै प्रकारका रोगको उत्कृष्ट उपचार सेवा प्रवाह भइरहेको बताए ।