
- ब्रह्मदेव यादव, विराटनगर ८८४ पटक हेरिएको
बिहिबार, फाल्गुण ०१, २०८१ समय : १७:१०:४८ , ४ हप्ता अगाडि
विराटनगर–१८ झटियाहीमा रहेको श्री दिव्य ज्योति विद्या मन्दिर (डि.जे.भि.एम.) का आरभ साहले २१ हजार रुपैयाँ राशिको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको प्रथम पुरस्कार पाएका छन् । विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयका पंकज साहले १५ हजार राशिको दोस्रो पुरस्कार पाएका छन् ।
विराटनगरकै पोखरीया माध्यमिक विद्यालयका निरज यादवले ११ हजार रुपैयाँ राशिको तेस्रो पुरस्कार पाएका छन् । हिन्दु स्वयम सेवक संघ नेपाल कोशी प्रदेश संभागले बिहीबार विराटनगरमा सञ्चालन गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ मा सहभागिता जनाएका २ हजार भन्दा बढी विद्यार्थीलाई पछाडी पार्दै दिव्य ज्योतिका आरभ साह, कान्तिपुरका पंकज साह र पोखरीयाका निरज यादवले प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।
परीक्षामा सहभागी २ हजार मध्ये १ सय ३० जना विद्यार्थीले शतप्रतिशत नम्बर ल्याएका थिए । जसमध्ये गोला प्रथाबाट विजेता चुनिएको थियो । युवराज सिंह, ओमप्रकाश चौधरी, रोनेश यादव, स्नेहा रौनियार, निशान्त चौधरी, हर्षित अग्रवाल, प्रदिप कुमार इसर, रसका भट्टराई, रयान फिरोजखान, अभिषेक साह र इसान्त ठाकुरले १/१ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गरेका छन् । रविन्द्र यादव, विशाल सिंह, अनिष यादव, धिरजकुमार यादव, दृष्टि यादव, पुजा उराव, विजय हस्ता, काजल यादव, विकास महत्तो र राहुनल यादवले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
विराटनगर स्थित मदर टेरेसा विद्यालयका ५ जना विद्यार्थीहरू एउटै कार्यक्रममा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । १/१ हजार रुपैयाँ राशिको पुरस्कार र सान्त्वना पुरस्कारको छनौट गोला प्रथाबाट गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली, अतिथि मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ का कार्यक्रम संयोजक केशवलाल सिंह सुवाल र हिन्दु स्वयंसेवक संघ नेपाल कोशी प्रदेश संभाग मुकेशकुमार साहले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
हिन्दु स्वयंसेवक संघ नेपालका अभियान्ताहरु महेन्द्र साह, अरविन्द ठाकुर कार्यक्रममा सहभागी थिए । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ का कार्यक्रम संयोजक केशवलाल सिंह सुवालले विद्यार्थीहरूलाई देशको माया, धर्मको माया, संस्कृतिको माया र पहिचानको मायाको बारेमा जानकारी गराउने उद्देश्यका साथ संस्कृति ज्ञान परीक्षा संचालन गरिएको बताए ।