
- चिरफार डटकम, विराटनगर ८३३ पटक हेरिएको
बुधबार, माघ २३, २०८१ समय : १५:३३:४१ , २ महिना अगाडि
विराटनगरको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान एसियन थाइफुड्सका संचालक जाजु परिवारका सदस्यहरूले भारतमा जारी महाकुम्भ मेलामा स्नान गरेका छन् ।
नेपालमा चाउचाउ, बिस्कुटदेखि दर्जनौँ उद्योग संचालन गरिरहेका एसियन थाइफुड्स प्रा.लि. का संचालक महेश जाजु, उनका श्रीमती कमला जाजु, छोरा आशिष जाजु र बुहारी जयश्री बगरी जाजुले भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नान गरेका छन् ।
जाजु परिवारका सदस्यहरूले प्रयागराजको कुम्भ मेलामा स्नान गरिसकेपछि उत्तर प्रदेश राज्यको प्रमुख धार्मिक स्थल अयोध्याको श्रीराम मन्दिर लगायत विभिन्न धार्मिक स्थलको अवलोकन गरेका छन् ।
मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका मुख्य सल्लाहकार महेश जाजु महाकुम्भ स्नान गर्न श्रीमती, छोरा र बुहारीका साथ प्रयागराज पुगेका थिए ।