- ... ७६४ पटक हेरिएको
शनिबार, माघ २१, २०७९ समय : १६:१८:४८ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी ट्रेड यूनियन महासंघ प्रदेश नं. १ समितिले शनिबार विराटनगरमा एक दर्जनभन्दा बढि नेतालाई सम्मान गरेको छ ।
प्रदेश नं. १ सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु र १ नं. प्रदेश सरकारका पूर्वस्वास्थ्य मन्त्री तथा केन्द्रिय सदस्य जयराम यादवलाई पनि सम्मान गरिएको छ ।
समाजवादी ट्रेड यूनियन महासंघ प्रदेश नं. १ समितिले शनिबार विराटनगरमा आयोजना गरेको आन्तरक्रिया तथा वनभोज कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य मन्त्री लिम्बुलाई सम्मान गरियो ।
लगत्तै स्वास्थ्य मन्त्री लिम्बु र ट्रेड यूनियन महासंघ प्रदेश समितिका अध्यक्ष मो. नसरुलले एक दर्जनभन्दब बढि नेताहरुलाई सम्मान गरे ।
कार्यक्रममा जसपा नेपाल, मोरङका अध्यक्ष तथा १ नं. प्रदेशका समिति उपाध्यक्ष राजकुमार यादव, जसपा नेपालका केन्द्रिय सदस्य तथा समाजवादी ट्रेड यूनियन महासंघका केन्द्रिय अध्यक्ष अर्जुन लम्साल नेपालका केन्द्रिय सदस्य जोगिलाल यादव, सन्जय सिंह, कुन्ता राई, किशान नेता मृत्युजय झा, जसपा नेपाल मोरङका सल्लाहकार पार्वती यादव, मजदुर नेता विकास मण्डल, पत्रकार मुकेशकुमार यादव, महेश्वर यादव लगायतलाई सम्मान गरिएको थियो ।