- ब्रह्ममदेव यादव, विराटनगर २७३ पटक हेरिएको
शनिबार, माघ १९, २०८१ समय : १३:३६:२४ , २ दिन अगाडि
विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा निवासी इन्जिनियर धर्मेन्द्र यादवले ज्येष्ठ नागरिक, विपन्न परिवार तथा एकल महिलालाई २५ थान कम्मल वितरण गरेका छन् ।
आरती स्ट्रीप प्रा. लि. मा कार्यरत इन्जिनियर यादवले जाडो महिनामा न्यानो कम्मलको अभावमा कष्टकर जीवन विताइरहेका ज्येष्ठ नागरिक, विपन्न परिवार तथा एकल महिलालाई सहयोग गर्ने उद्देश्यका साथ कम्मल वितरण गरेका हुन् ।
इन्जिनियर यादवले शनिबार विराटनगर महानगरपालिकाको वडा नं. ८, १० र १४ को सिमानामा पर्ने जतुवा स्थित यादव चौकमा कार्यक्रम आयोजना गरेर समाजका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कम्मल वितरण गरेका हुन् ।
कम्मल वितरण कार्यक्रमका प्रमुख अतिथि राजनीतिक एवं समाजसेवी उमेश यादव, विशिष्ट अतिथि जहदा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं जनता समाजवादी पार्टी नेपालका युवा नेता अनिल ठाकुर, इन्जिनियर धर्मेन्द्र यादव तथा उनका बुवा सुरेन्द्रप्रसाद यादव, समाजसेवी उपेन्द्र यादव र नारायण यादवले ज्येष्ठ नागरिक, विपन्न परिवार तथा एकल महिलालाई कम्मल वितरण गरेका थिए ।