
- ब्रह्मदेव यादव, विराटनगर ४०० पटक हेरिएको
बुधबार, माघ ०२, २०८१ समय : १४:४५:०१ , ३ महिना अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ८५ प्रतिशतले राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्ममा लक्ष्यको तुलनामा ८५ प्रतिशतले राजश्व संकलन गरिएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जानकारी गराएको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ४ अर्ब ६३ करोड ८६ लाख ३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा ३ अर्ब ९२ करोड ६५ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी गराए । जुन लक्ष्यको तुलनामा ८५ प्रतिशतले राजश्व संकलन भएको हो ।
कार्यालयका राजश्व संकलन अधिकृत नवराज भट्टराईका अनुसार आय कर तर्फ १ अर्ब ३६ करोड १७ लाख, मूल्य अभिवृद्धि कर तर्फ १ अर्ब २ करोड ३७ लाख, अन्तशुल्क तर्फ १ अर्ब ३४ करोड २ लाख, ब्याज कर तर्फ १४ करोड ६१ लाख र बहाल कर तर्फ ५ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन भएको जानकारी गराए ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ३ अर्ब ५५ करोड ९९ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गरेका थिए । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ११ प्रतिशतले बढी राजश्व संकलन भएको अधिकृत भट्टराईले बताए ।