- ब्रह्ममदेव यादव, विराटनगर ५३३ पटक हेरिएको
मंगलबार, माघ ०१, २०८१ समय : १५:१२:२४ , ३ हप्ता अगाडि
जनजाती कल्याण आश्रम नेपाल अन्तर्गत आमाको माया छात्रावास विराटनगरलाई ३० जना भन्दा बढी दाताहरूले आर्थिक सहयोग गरेका छन् । छात्रावासमा ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अध्ययनरत विद्यार्थीहरूलाई १ जना दाताले वार्षिक रूपमा २५ हजार रुपैयाँका दरले रकम सहयोग गरिरहेका छन् ।
छात्रावासका संस्थापक अध्यक्ष शिवरतन जोशीले भने: दाताको सहयोग अपुग रकम हो । यद्यपी विराटनगरका विभिन्न दाताहरूबाट खाद्यान्नदेखि आलु, प्याज र तरकारी निरन्तर सहयोग भइरहेकोले छात्रावासमा सीमान्तकृत विद्यार्थी अध्ययन गरिरहेका छन् ।
जनजाती कल्याण आश्रम नेपालले माघेसंक्रान्तिको अवसर पारेर मंगलबार आयोजना गरेको छात्रावासको वार्षिकोत्सव एवं सामूहिक खिचडी वितरण कार्यक्रममा विद्यार्थीहरूलाई शिक्षा आर्जनका लागि सहयोग गरिरहेका दाताहरूको नाम सार्वजनिक गरिएको हो ।
सुरेन्द्र गोल्छा, रतन मदन पुरिया, राजेश सिंह, रामप्रकाश बोहरा, जैरिलाल गीतादेवी लखोटिया, जितेन्द्रकुमार–मुकेशकुमार राठी, वासुदेव पण्डित, ओमप्रकाश लखोटिया, गिरिधारीलाल अग्रवाल, लक्ष्मण नेवटिया, प्रदिप–संतोष राठी, रतन डाँगा, देवकी शर्मा, उत्तमचन्द–मनोज तापडिया, भरत गिरी, डा. राजकुमार साबु, डा. अनुराग अधिकारी, डा. सुशिल तापडिया, आशिष निरौला, कन्हैयालाल सिकावत, निशा अटल मारु, किशनलाल बोहरा, महेश–आनन्द जाजु, दिलिप साह, संजय अग्रवाल, देवकिदेवी तोदी, भगिरथ मन्त्री, जयबजरंगबली, प्रेम खरेल, विशाल मिल, दिनेश ठाकुर, विनायक पन्त, सीए अश्विनी बंशल, सुरज तिम्सिना, श्रीनिवास–पवन सारडा, मनोज साह हलुवाई, राजेन्द्रप्रसाद साह, रविन्द्र–डा. रम्भा देव, रामप्रवेश साह, प्रितम मुखिया, मुलचन्द–दिनेश राठी, जगदिश–लक्ष्मीनारायण राठी, सुरज मल–विजय राठी सुराना, अजय धाडेवा, घनश्याम–राजेन्द्र राठी, रामभरोसे–संकुन्तलादेवी गुप्ता, विजय अग्रवाल, विकाशकुमार शर्मा, शिवनारायण रौनियार, मन्नु गुप्ता, कामेश्वर यादव, सत्यनारायण–नन्दिप–गोपाल अग्रवाल, डा. राकेश साह, अनितादेवी साह, जगानन्द–शारदादेवी पटवारी, मुकेश बोथरा, हरि संघानिया, चम्पालाल राठी, मदनलाल–गणेश अग्रवाल, स्व. राजकुमार अग्रवालको स्मृतिमा गितादेवी अग्रवालले छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गरिरहेका छन् ।
छात्रावासका अध्यक्ष विजयकुमार लखोटियाको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव एवं सामूहिक खिचडी वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय गीतका लेखक प्रदिपकुमार राई (ब्याकुल माईला) हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाल चिकित्सक संघ काेशी शाखा अधयक्ष डा. राजेन्द्र चाैधरी, जनजाती कल्याण आश्रम नेपालका राष्ट्रिय उपाध्यक्ष कमल राजवंशी, महासचिव प्रेम थुलुङ राई, सचिव मदन साह, आमाको माया छात्रावास विराटनगरका संस्थापक अध्यक्ष शिवरतन जोशी, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक, नेपाल बार एसोसिएसन मोरङका अध्यक्ष हरिशंकर मण्डल, नेपाल चार्टर एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष सुरज तिम्सिनाले मन्तव्य व्यक्त गरेका थिए ।
आमाको माया छात्रावास विराटनगरका सचिव मनोज मुन्दडाले सञ्चालन गरेको कार्यक्रमको संयोजक गोविन्द पोखरेल रहेका थिए । कार्यक्रममा १ हजार भन्दा बढी सहभागीलाई खिचडी वितरण गरिएको थियो ।