एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङद्वारा “पृथ्वीपथ” प्रस्ताव पारित

  • ब्रह्मदेव यादव, विराटनगर ४३३  पटक हेरिएको

शनिबार, पुष २७, २०८१ समय : १७:०६:१७ , ४ हप्ता अगाडि

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले पूर्व राज संस्था र सनातन हिन्दु राज्य फर्काउने पूर्व राजा ज्ञानेन्द्र शाहको “पृथ्वीपथ” प्रस्तावलाई सार्वजनिक सभाबाट पारित गराएका छन् । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८१ को अवसरमा शनिवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सघंर्ष समितिका अध्यक्ष एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले राखेको “पृथ्वीपथ” को प्रस्ताव पारित भएको हो ।

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष एवं राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहाल, संघर्ष समितिका सल्लाहकार एवं नेपाल विद्त परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल र संघर्ष समितिका सल्लाहकार एवं नेपाल सद्भावना मञ्चका केन्द्रीय अध्यक्ष पूर्वउपप्रधान मन्त्री बद्रिप्रसाद मण्डलले जनसभाबाट पारित गराएको “पृथ्वीपथ” प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

३०३औं पृथ्वी जयन्तीको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले देशवासीको नाममा सन्देश प्रवाह गर्दै “पृथ्वीपथ” रोड म्याप आजको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए । गणतान्त्रिक व्यवस्थामा सत्ता सञ्चालन गरिरहेका राजनैतिक दल सुनको कमण्डलु बोकेर विदेशी सँग भिख माग्ने प्रचलन बढेकोले त्यसको अन्त्यका लागि “पृथ्वीपथ” रोड म्याप आजको आवश्यकता रहेको पूर्व राजा ज्ञानेन्द्र शाहले देशवासीको नाममा दिएको सन्देशमा उल्लेख गरिएको छ । तरपनि कस्तो शासन व्यवस्था रोज्ने हो त्यसको छिनोफानो ३ करोड नेपाली जनताले गर्न पाउने पूर्व राजा ज्ञानेन्द्र शाहले सन्देश मार्फत व्यक्त गरेका छन् ।

संघर्ष समितिले शनिवार विराटनगरमा भव्य समारोहको आयोजना गरेर पृथ्वी जयन्ती मनाएका छन् । विराटनगर–२ स्थित शनि हाटबाट बाजागाजा सहित बाक्लो संख्यामा निकालिएको र्‍याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै विराटनगर–९ स्थित राम जानकी सेवा सदन पुगेका थिए ।

जहाँ आयोजित जनसभालाई एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष एवं राप्रपा नेपालका केन्द्री उपाध्यक्ष बल्लभप्रसाद दाहाल, नेपाल विद्त परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, नेपाल सद्भावना मञ्चका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री बद्रिप्रसाद मण्डल, राप्रपा नेपालका कोशी प्रदेश अध्यक्ष माधवप्रसाद आचार्य, संघर्ष समिति मोरङका उपाध्यक्ष रमा प्रसाई, बरिष्ठ सचिव पुष्पराज दाहाल सहित एक दर्जन भन्दा बढी वक्ताहरूले अब पूर्व राजसंस्था फर्काउन ढिलाइ गर्नु नहुने धारणा व्यक्त गरेका थिए ।