डा. जीवन प्रकाशलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

  • ब्रह्मदेव यादव, विराटनगर ३६६  पटक हेरिएको

शनिबार, पुष ०६, २०८१ समय : १२:५०:०३ , २० घन्टा अगाडि

वरिष्ठ होमियोपैथिक चिकित्सक डा. जीवन प्रकाश रायलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाल होमियोपैथिक चिकित्सक संघको केन्द्रीय कार्यालय विराटनगरले शनिवारदेखि विराटनगरमा आयोजना गरेको दुई दिने नेपाल भारत होमियोपैथिक बैज्ञानीक स्वास्थ्य शिखर सम्मेलनमा डा. जीवन प्रकाश रायलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२४ प्रदान गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाल होमियोपैथिक चिकित्सक संघ विराटनगरका केन्द्रीय अध्यक्ष डा. रविन्द्र रायले डा. जीवन प्रकाश रायलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेका छन् ।

सम्मेलनमा डा. मो. सबिर खाँ र डा. प्रेमनारायण श्रीवास्तवलाई गोल्डेन सर्भिस अवार्ड, डा. निवाज अहमदलाई लेगेसी अफ एफसिलेन्स अवार्ड र गोपाल गुप्ता, सकलदेव मण्डल र लेखनाथ भट्टलाई अनर अफ डेडिकेशन अवार्ड प्रदान गरिएको छ ।

आइतबारसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका गरी ३ सय जना भन्दा बढी होमियोपैथिक चिकित्सकहरूको सहभागिता रहेका छन् । भारतको मुम्बईबाट सम्मेलनमा सहभागिता जनाएको होमियोपैथिकका क्यान्सर रोग विशेषज्ञ डा. फारुक जी मास्टरले क्यान्सर रोग र यसको उपचार पद्धतिबारे धारणा राख्ने कार्यक्रम छ ।

नेपाल होमियोपैथिक चिकित्सक संघ केन्द्रीय कार्यालय विराटनगरका सचिव डा. चन्द्र शर्मा दुलालले सञ्चालन गरेको कार्यक्रमको उद्घाटन समारोहमा संघका महासचिव डा. रवि रायले संघको माँग कोशी प्रदेश सरकार समक्ष राखेका थिए ।