- ब्रह्मदेव यादव, विराटनगर ३४५ पटक हेरिएको
सोमबार, पुष ०१, २०८१ समय : १७:४८:५६ , २ दिन अगाडि
विराटनगरका दुई युवा उद्यमी प्रतिक राउत र प्रत्युश राउत “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको लगानी सेमिनारमा सहभागिता जनाउन दक्षिण कोरिया पुगेका छन् ।
युवा उद्यमी दाजुभाइ प्रतिक राउत र प्रत्युश राउत नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) कोशी प्रदेश समितिका अध्यक्ष वरिष्ठ उद्योगपति राजेन्द्र राउतका छोरा हुन् ।
युवा उद्यमी राउत दाजुभाइले २०८१ मंसिर ३० गते आइतबार दक्षिण कोरियाको बुसान सहरमा आयोजित पहिलो लगानी सेमिनारमा सहभागिता जनाइसकेका छन् । पुस २ गते मंगलबार दक्षिण कोरियाकै सोल सहरमा आयोजना हुने दोस्रो लगानी सेमिनारमा सहभागिता जनाउने छन् ।
युवा उद्यमी राउत दाजुभाइ सँगै संघिय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको लगानी सम्मेलनमा सहभागिता जनाएका छन् ।
युवा उद्यमी राउत दाजुभाइ नेपाल र दक्षिण कोरियाका व्यवसायी प्रतिनिधिहरू बिच व्यापार व्यवसायको विषयलाई लिएर आयोजना हुने बि.टु.बी. बैठकमा सहभागिता जनाउने छन् । र भारत, चिन र बंगलादेशको तुलनामा नेपाल लगानीको दृष्ट्रिकोणले उपयुक्त देश भएकोले दक्षिण कोरियाका व्यवसायीलाई नेपालमा लगानी गर्न राउत दाजुभाइले आग्रह गर्ने छन् ।