- चिरफार डटकम, विराटनगर २६८ पटक हेरिएको
सोमबार, मंसिर १७, २०८१ समय : १४:५३:१९ , २ दिन अगाडि
अभिव्यक्ति स्वतन्त्रता र प्रादेशिक संरचनाबारे सोमबार विराटनगरमा सरोकारवाला निकाय सँग छलफल भएको छ । फिडम फोरम नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालयले संयुक्त रुपमा छलफल कार्यक्रम आयोजना गरेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले अभिव्यक्ति स्वतन्त्रता र प्रादेशिक संरचनाबारे पत्रकार नारायण घिमिरेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लघंनको अनुगमन तथा प्रवृक्ति विश्लेषण बारे र राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका कार्यालय प्रमुख बीरबहादुर बुढामगरले कोशी प्रदेशमा मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कोशी प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयका सह–न्यायधिवक्ता सन्दिप टेलर, कोशी प्रदेश सरकारका प्रतिनिधि राजेन्द्र पराजुली, कोशी प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि प्रहरी निरीक्षक अनिल बराल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य ब्रह्मदेव यादव, अधिवक्ता अनिल खड्का, गैर सरकारी संस्था महासंघका प्रतिनिधि प्रभा अधिकारी र फिडम फोरम नेपालका विक्रम निरौला छलफल कार्यक्रममा सहभागि थिए ।
कोशी प्रदेशमा अभिवृक्ति स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लघंन र कोशी प्रदेशमा मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रता बारे सरोकारवाला निकायका पदाधिकारीले छलफल कार्यक्रम मार्फत सुझाव दिएका थिए ।