- ब्रह्मदेव यादव, विराटनगर ४६७ पटक हेरिएको
शुक्रबार, मंसिर १४, २०८१ समय : १२:२४:३६ , ६ दिन अगाडि
विगत तीन दशक भन्दा लामो समयदेखि विभिन्न खाद्यान्नको उत्पादन गर्दे आएको क्वालिटी थाइफुड्स कम्पनीले “के मज्जा” ब्रान्ड चाउचाउको बिक्री सुरु गरेको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना काबरा ग्रुपले श्री राचा रामेनमाथाई ससको स्वादमा “के मज्जा” चाउचाउको उत्पादन सँगै बिक्री सुरु गरेको छ ।
श्री राचा सस थाइल्याण्डबाट आयात गरेर कम्पनीले चाउचाउको उत्पादन सुरु गरेको हो । श्री राचा थाइल्याण्डको विश्व प्रसिद्ध सस हो । नेपालमा ६०, ७५ र १०० ग्राम वजनको चाउचाउ बिक्री भइरहेका छन् । क्वालिटी थाइफुड्स कम्पनीले बिक्री सुरु गरेको ८० ग्राम वजनको “के मज्जा” चाउचाउ अन्य चाउचाउको तुलनामा सस्तो र स्वादिष्ट छ ।
क्वालिटी थाइफुड्स कम्पनीले चाउचाउको बजार मूल्य प्रति प्याकेट ३० रुपैयाँ कायम गरेको छ । पछिल्लो समय आवश्यकता भन्दा बढि पिरोको मात्रा राखेर विभिन्न कम्पनीले चाउचाउ उत्पादन गरेर बिक्री गरिरहेका छन् । जसका कारण चाउचाउ प्रयोग कर्ता उपभोक्ता आफूलाई अस्वास्थ्य महसुस गरिरहेको बेला क्वालिटी थाइफुड्स कम्पनीले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर चाहिने जतिमात्र पिरोको मात्रा राखेर “के मज्जा” चाउचाउको उत्पादन र बिक्री सुरु गरेका छन् ।
डिहाई ट्रेड भेजिटेबल आयल प्रयोग गरेर “के मज्जा” चाउचाउ उत्पादन गरिएकोले अन्य चाउचाउको तुलनामा यो चाउचाउ बढि स्वस्थ्यकर छ । विराटनगरबाट उत्पादन सुरु भएको “के मज्जा” चाउचाउ केही समयपछि नेपाल भरीको बजारमा बिक्री वितरण गरिने क्वालिटी थाइफुड्सका प्रबन्ध निर्देशक विपिन काबराले बताए ।