“कोशी प्रदेशमा औषधि खरिद प्रक्रिया अस्तव्यस्त”

  • ब्रह्मदेव यादव, विराटनगर २९३  पटक हेरिएको

बिहिबार, मंसिर १३, २०८१ समय : १५:३७:३९ , ९ घन्टा अगाडि

कोशी प्रदेशमा औषधि खरिद प्रक्रिया अस्तव्यस्त छ । औषधि खरिद प्रक्रिया अस्तव्यस्त रहेकै कारण कोशी प्रदेशवासी बिरामी हुँदा समयमा औषधि पाइरहेका छैनन् । बिरामी भएको बेला सर्वसाधारणले औषधि नपाउनुमा कोशी प्रदेश सरकार मुख्य जिम्मेवार छ ।

कोशी प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरेर औषधि खरिद प्रक्रिया अस्तव्यस्त रहेको जानकारी गराए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले पछि मन्त्री राईले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्रालयको अवस्था सार्वजनिक गरे ।

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष सकिने बेलामा मात्रै औषधि खरिद गर्ने गरेको मन्त्री राईले बताए । कोशी प्रदेश सरकारले असार १ गते औषधि खरिद गर्नका लागि बजेट मार्फत रकम विनियोजन गरेको भएपनि आर्थिक वर्ष सकिन लाग्दा असार मसान्तमा मात्रै औषधि खरिद गरेको मन्त्री राईले मन्त्रालयको बेतिथि सार्वजनिक गरे ।

कोशी प्रदेश सरकार मातह रहेको औषधि आपूर्ति केन्द्रले ओषधि खरिद गर्ने अख्तियारी पाएका हुन् । मन्त्री राईले आर्थिक वर्ष २०७५ देखि २०७९/०८० सम्म ४१ करोड ३९ लाख रुपैयाँ स्वास्थ्य मन्त्रालयमा बेरुजी रहेको तथ्याङ्क सार्वजनिक गरे ।

कोशी प्रदेशको स्वास्थ्य क्षेत्रमा ८० प्रतिशत जनशक्तिको अभाव रहेकोले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र कोशी प्रदेश ओकसेवा आयोगसँग समन्वय गरेर पदपूर्ति पुरा गर्ने मन्त्री राईले बताए ।

कोशी प्रदेश सरकारले विगतमा खरिद गरिएको करोडौँ मूल्य बराबरको उपकरण ड्यामेज अवस्थामा रहेको मन्त्री राईले बताए । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मातहत रहेको सवारी साधनको अवस्था बारे मन्त्री राईले जानकारी गराए ।