- ब्रह्मदेव यादव, विराटनगर १९६ पटक हेरिएको
बुधबार, मंसिर १२, २०८१ समय : १५:१६:२६ , ६ घन्टा अगाडि
पूर्वराजा र राजसंस्थालाई फर्काउने अभियानमा लागेका एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष बल्लभ दाहाल बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन् । नेपाल विद्त परिषदका केन्द्रिय उपाध्यक्ष एवं पूर्वाचल संयोजक बल्लभ दाहाल १ सय भन्दा बढि कार्यकर्ताका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका हुन् ।
राप्रपा नेपाल मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बल्लभ दाहालसँगै नेपाल विद्त परिषद मोरङका अध्यक्ष पुष्पराज दाहाल राप्रपा नेपालमा प्रवेश गरेका छन् । पूर्वराजा र राजसंस्था फर्काउन आन्दोलन गर्ने उद्देश्यका साथ बल्लभ दाहालले पछिल्लो समय एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङको गठन गरेर अभियान संचालन गरिरहेका थिए ।
बल्लभ दाहालले नेपाल विद्त परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल र नेपाल सदभावना मञ्चका अध्यक्ष एवं पूर्वमन्त्री बद्रिप्रसाद मण्डललाई एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङको सल्लाहकार चयन गरेका थिए । संघर्ष समितिका सल्लाहकार अर्जेल र मण्डलाई बुधबार मञ्चमा साक्षी राखेर बल्लभ दाहाल राप्रपा नेपालमा प्रवेश गरे ।
राप्रपा नेपालका केन्द्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले बल्लभ दाहाललाई पार्टीमा प्रवेश गराएर स्वागत गरे । राप्रपा नेपाल कोशी प्रदेश संयोजक माधव आचार्य र मोरङ जिल्ला अध्यक्ष कुमार ढकालले बल्लभ दाहाललाई पार्टीमा स्वागत गरेका थिए । बल्लभ दाहालको राप्रपा नेपाल प्रवेश पछि राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपालाई मोरङमा ठुलो झट्का लागेको छ ।
बल्लभ दाहाल जनाधार भएको नेता हो । र उनको राप्रपा नेपाल प्रवेशले मोरङमा ठुलो जनाधार बढेको छ । यस अघि राप्रपा मोरङको अध्यक्ष रहिसकेका माधव आर्चाय यतिखेर राप्रपा नेपालको कोशी प्रदेश संयोजकको जिम्मेवारीमा रहेका छन् ।