भारतबाट नेपालमा सुन र चाँदी तस्करी 

  • ब्रह्मदेव यादव, विराटनगर ३६२  पटक हेरिएको

मंगलबार, मंसिर ०४, २०८१ समय : १५:१८:२७ , २ दिन अगाडि

पछिल्लो समय भारतबाट तस्करी भएर सुन र चाँदी नेपाल भित्रीरहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत सुन र चाँदीमा १० प्रतिशत थप कर लागु गरेकोले तस्करी भएर भारतबाट नेपालमा सुन र चाँदी भित्रीरहेको छ ।

नेपाल भन्दा भारतमा सुनको मूल्य प्रति तोला १० हजार र चाँदीको मूल्य प्रति केजी १५ हजारले कम छ । खुल्ला सिमा–नाकाका कारण भारतबाट नेपालमा सुन र चाँदी तस्करी भएर भित्रीरहेको छ । काँचो सुन र काँचो चाँदी सहित सुन र चाँदीका गरगहना समेत नेपाल भित्रीरहेको छ ।

यसमा नेपाल सरकार जिम्मेवार छ । अवैध रुपमा भारतबाट सुन र चाँदी नेपाल भित्रीरहेकोले एक तर्फ सरकारको नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेको सुन र चाँदी बिक्री भइरहेको छैन भन्ने अर्को तर्फ सुन र चाँदीको बिक्रीबाट प्राप्त गर्नुपर्ने राजश्व समेत असुली भइरहेको छैन ।

भारतबाट अवैध रुपमा सुन र चाँदी नेपाल भित्रीरहेकोले नेपाली बजारमा रहेको भारती रुपैयाँ पुनः तस्करीको बाटोबाट भारत गइरहेकोले नेपाली बजारमा भारती रुपैयाँको अभाव छ । नेपालीहरूले तीर्थयात्राका लागि भारती रुपैयाँको जोहो गर्दा मोटो रकम कमिसन दिनुपर्ने अवस्था छ । विराटनगरका ठूला, मझौला र साना सबै सुन–चाँदी व्यवसायीले सस्तोका कारण अवैध रुपमा भारतबाट सुन र चाँदी खरिद गरेर नेपाल ल्याइरहेका छन् ।