कर सप्ताहको पहिलो सेवाग्राही यादव सम्मानित 

  • ब्रह्मदेव यादव, विराटनगर २५४  पटक हेरिएको

आइतबार, मंसिर ०२, २०८१ समय : १३:२०:२१ , ४ दिन अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह २०८१ को पहिलो सेवाग्राही सुनिताकुमारी यादवलाई आइतबार सम्मान गरेको छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य सहित कर अधिकृतहरूले पहिलो सेवाग्राही यादवलाई सम्मान गरेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले कर दिवस एवं कर सप्ताह २०८१ को पहिलो सेवाग्राहीलाई सम्मान गर्ने कार्यतालिका नै सार्वजनिक गरेका थिए । मंसिर १ गते शनिबारदेखि सुरु भएको कर सप्ताहको मंसिर ७ गते शुक्रबार समापन हुनेछ ।

कर सप्ताहको दोस्रो दिन आइतबार मोरङ बुढिगंगा गाउँपालिका–३ बाँसवारी स्थित सुनिता इन्जिनियरिङ वर्क सपका सञ्चालिका सुनिताकुमारी यादव पहिलो सेवा ग्राहीको रुपमा कर तिर्न आन्तरिक राजश्व कार्यालय विराटनगर पुगेका थिए ।

कार्यालयले मंसिर ३ गते सोमबार हाजिरी जवाफ प्रतियोगिता, मंसिर ४, ५ र ६ गते विराटनगरको चौक चौकमा खुल्ला करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने छ ।

मंसिर ७ गते शुक्रबार कर सप्ताहको समापन समारोहमा उत्कृष्ट करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।