- ब्रह्मदेव यादव, विराटनगर ४४० पटक हेरिएको
आइतबार, मंसिर ०२, २०८१ समय : १३:१९:०१ , ४ दिन अगाडि
समावेशी समाजवादी पार्टी नेपालका अध्यक्ष किशोरकुमार विश्वासले नेपालमा रहेका डेढ करोड अवैध भारतीय घुसपैठियालाई देश निकाला गर्नुपर्ने माग गरेका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष विश्वासले अवैध रुपमा नेपाल प्रवेश गरेका डेढ करोड भारतीय घुसपैठियालाई देश निकाला गर्नुपर्ने समाजवादी पार्टी नेपालको माग रहेको बताए ।
अवैध भारतीय घुसपैठियाका कारण नेपालको पहिचान खतरामा रहेकोले सरकारले अविलम्ब भारतीय घुसपैठियालाई देश निकाला गर्नको लागि ठोस निर्णय गर्नुपर्ने बताए । राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महत्तोलाई भारतीय जनता पार्टी (बिजेपी) को एजेण्टको सङ्ज्ञा दिएका छन् ।
भारतमा सरकार सञ्चालन गरी रहेको बिजेपी पार्टीको साउथ इन्डिया ब्लक “रँ” को महत्व एजेण्ट रहेको र बिजेपी पार्टीकै इसारामा नेपालमा अशान्ति खल्बलाउने गरी उच्छृंखल भाषाको प्रयोग गरिरहेको विश्वासले बताए । मधेश प्रदेशको सिरहा र सप्तरी तथा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर गरी ६ जिल्लालाई समेटेर बेग्लै प्रदेश बनाउनु पर्ने आफ्नो पार्टीको एजेण्डा रहेको अध्यक्ष विश्वासले बताए ।
कोशी प्रदेशको धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरी १० जिल्लालाई समेटेर बेग्लै प्रदेश बनाउनु पर्ने विश्वासले बताए ।