- ब्रह्मदेव यादव, विराटनगर २५० पटक हेरिएको
बुधबार, कार्तिक २८, २०८१ समय : १२:५०:४४ , २ हप्ता अगाडि
विराटनगरमा भागवत मन्जरी राधिका दासीको कथा वाचन भइरहेको छ । ५ दिन मै ४५ लाख रुपैयाँ संकलन भएको आयोजक समितिले जानकारी गराएका छन् । श्री संसारी माइस्थान संरक्षण समितिले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराणको आयोजना गरेका छन् ।
विराटनगर–१० स्थित श्री संसारी माइस्थान परिषर भित्रै राधिका दासीले भागवत पुराणको कथा वाचन गरिरहेका छन् । राधिका दासीको भागवत पुराण कथा सुन्न विराटनगरवासीको भिड लाग्ने गरेका छन् । कात्तिक २३ गते शुक्रबारदेखि सुरु भएको महायज्ञ पुराण कात्तिक २९ गते बिहीबार समापन हुँदैछ ।
भागवत पुराण सकिने २ दिन बाँकी रहेकै अवस्थामा मंगलबारसम्म दान पेटिका बाहेक ४५ लाख रुपैयाँ सहयोग रकम संकलन भएको संरक्षण समितिका अध्यक्ष कृष्णबहादुर मास्केले बताए । बुधबार र बिहीबार गरी दुई दिन भागवत पुराणको कथा वाचनको समय बाँकी रहेकोले सहयोग रकममा वृद्धि हुने अध्यक्ष मास्केले बताए ।