विराटनगरमा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन हुँदै 

  • ब्रह्मदेव यादव, विराटनगर ९४९  पटक हेरिएको

आइतबार, कार्तिक २५, २०८१ समय : १४:०१:३५ , २ हप्ता अगाडि

विराटनगरमा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन हुन लागेको छ । २०२४ डिसेम्बर २० र २१ अर्थात २०८१ साल पुस ५ र ६ गते विराटनगरमा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलनको मिति तय गरिएको छ । विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन हुन् लागेको हो ।

आभा फाउण्डेसन नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलनको आयोजना गर्न लागेका हुन । आभा फाउण्डेसन नेपालका डाइरेक्टर आभा अनुपमा, राष्ट्रिय कला सेवा संस्थान भारतका अन्तर्राष्ट्रिय संयोजक अरविन्द श्रीवास्तव र आइडियल जर्नालिस्ट एसोसिएसन भारतका राष्ट्रिय महासचिव संजयकुमार पाण्डेले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन बारे जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलनमा नेपाल र भारतको पोशाकमा फेशन सो को आयोजना गर्ने गर्न लागेको आयोजक संस्था आभा फाउण्डेसन नेपालका डाइरेक्टर आभा अनुपमाले बताइन । नेपाल, भारत सहित विश्वका विभिन्न देशका कविहरु विराटनगरको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुने छन् ।

भारतका चर्चित भोजपुरी स्टार रवि किशन सहित दर्जनौँ भोजपुरी स्टारहरू विराटनगरको अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलनमा सहभागि हुने छन् । २ दिनसम्म विराटनगरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन बारे तयारी सुरु भइ सकेको राष्ट्रिय कला सेवा संस्थान भारतका अन्तर्राष्ट्रिय संयोजक अरविन्द श्रीवास्तवले बताए ।