- ब्रह्मदेव यादव, विराटनगर ६१४ पटक हेरिएको
मंगलबार, कार्तिक २०, २०८१ समय : १५:५९:४३ , २ महिना अगाडि
नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँको नोटमा राखेको देशको नक्साप्रति भारतले असन्तुष्टि जनाएको छ । नेपालको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १ सय रुपैयाँको नोटमा देशको नक्सा राख्ने निर्णय गरेका छन् । नेपाल सरकारले १ सय रुपैयाँको नोटमा कायम रहेको सगरमाथा (हिमाल) अंकित निसानलाई हटाएर देशको झण्डा राख्ने निर्णय गरेका छन् ।
नेपाल सरकारले भारत सँग सिमाना जोडिएको पश्चिम दार्चुला जिल्लाको सिमापारीको भारतीय भूभाग लिपियाधुरा र निम्पियाधुरालाई समेटेर नेपालको नक्सा जारी गरेका छन् । यस अघि केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला देशको नक्सा जारी गरेका थिए । नेपालले जारी गरेको नयाँ नक्सामा समेटिएको भारतीय भूभाग लिपियाधुरा र निम्पियाधुरा अझै भारतको अधीनमा रहेका छन् । र भारतीयहरू ती भूभागमा बसोवास गरिरहेका छन् ।
भारतमा रहेको नेपाली भूभागलाई नक्सामा समावेश गरिएपनि नेपालले ती भूभागलाई फिर्ता ल्याउन सकेको छैन । र त्यही भारतीय भूभागलाई समेटिएर तयारपारिएको नक्सा नेपाली नोटमा उल्लेख गरिएका छन् । नेपाल सरकारले चिनको कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिटिङ कर्पोरेसनलाई १ सय रुपैयाँको ३० करोड नोट छाप्न दिएका छन् । जसबापत चिनिया कम्पनीले २ हजार ५ सय डलर अर्थात १ अर्ब २१ करोड २७ लाख ६१ हजार १ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।
नेपाल सरकारले छाप्न दिएको नेपाली १ सय रुपैयाँको नोट चिनबाट छापिएर नेपाल आइनपुग्दै भारतले नोटमा उल्लेख गरिएको नेपालको नक्साप्रति आपति जनाएका छन् । नेपालले भारतको केही विवादित भूभागलाई समेटिएर नक्सा जारी गर्दा भारतले कडा विरोध गरेको थियो । र यतिखेर विवादित भूभागलाई समेटिएर तयार पारिएको नक्सा नोटमा उल्लेख गर्दा पुनः भारतले आपत्ति जनाएका छन् ।
भारत सरकारका विदेश मन्त्री एस. जय शंकरले भारतीय भूभागलाई नेपालको नक्सा र नोटमा उल्लेख गर्दैमा भारतीय भूभाग नेपालले फिर्तालान सक्ने अवस्था नरहेकोले यसले दुई देश बिच द्वन्द सृजना हुने बताए । यतिखेर भारतको झारखण्ड र महाराष्ट्र राज्यमा विधानसभा र उत्तरप्रदेश राज्यमा उपचुनावको चुनावी प्रचारप्रसार चलिरहेको बेला नेताहरू त्यस तर्फ व्यस्त रहेका छन् । चुनावपछि भारत सरकारको विवादित क्षेत्रबारे आधिकारिक धारणा आउने छ ।