नेपाल उद्योग परिसंघ कोशीको जलपान कार्यक्रम

  • चिरफार डटकम, विराटनगर ४५३  पटक हेरिएको

आइतबार, कार्तिक ११, २०८१ समय : १८:३४:२६ , ४ हप्ता अगाडि

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले आइतबार विराटनगरमा शुभ-दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न गरेका छन् ।

कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका प्रमुख संरक्षक महेश जाजु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा कार्यक्रममा अतिथिको रुपमा सहभागि थिए ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य महेश रेग्मी, जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्य, मोरङ प्रहरी प्रमुख नारायणप्रसाद चिमरिया, भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सचिव प्रविण जोशी सहित उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, ट्रेड युनियनका पदाधिकारी, सञ्चारकर्मी कार्यक्रममा सहभागि थिए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्टदेखि कार्यक्रममा सहभागि विशिष्ट अतिथि र अतिथिहरूलाई स्वागत गरेका थिए ।