लायन्स क्लब इन्टरनेशनलले बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गर्दै

  • चिरफार डटकम, विराटनगर २७२  पटक हेरिएको

बिहिबार, कार्तिक ०८, २०८१ समय : १७:४७:०८ , ४ हप्ता अगाडि

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ सी ले तीन जिल्लाका ३ सय बाढी पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गर्दैछ । लायन्स क्बल इन्टरनेशनलको इमर्जेन्सी ग्रान्ट अमेरिकाबाट प्राप्त १५ हजार अमेरिकी डलर सहयोग रकमबाट लायन्स क्बल इन्टरनेशनलले बाढी पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गर्न लागेको हो ।

क्लबले कोशी प्रदेशको झापा, पाँचथर र सुनसरी जिल्लाका ३ सय भन्दा बढि बाढी पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गर्न लागेको हो । प्रत्येक परिवारले ७ हजारभन्दा बढि रकम बराबरको राहत सामग्री पाउने छन् ।

लायन्स क्बल डिष्ट्रिक ३२५ सी का डिस्ट्रिक गभर्नर विकास अधिकारी, क्बलका एरिया ६ का चिफ खेम नेपाल र लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष श्यामलाल पौडेल (भवेश) सहित क्बलका पदाधिकारीहरू शुक्रबार पहिलो चरणमा झापा जिल्लाका बाढी पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गर्दैछ ।

कार्यतालिका बनाएर पाँचथर र सुनसरी जिल्लाका बाढी पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने तयारी भइरहेको लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष पौडेलले बताए ।