विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्यायो अटिजम सेवा केन्द्र

  • चिरफार डटकम, विराटनगर २७४  पटक हेरिएको

बुधबार, कार्तिक ०७, २०८१ समय : १८:३०:५१ , १ महिना अगाडि

विराटनगर महानगरपालिकाले अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले विराटनगर–४ दूध फारमको दक्षिण तर्फ संजिवनी मार्गमा भाडाको घरमा अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

अटिजम सेवा केन्द्रमा सुस्तमनस्थितिका २४ बालबालिका रहेका छन् । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको यो पहिलो अटिजम एण्ड अस्पताल पनि हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार अटिजम सेवा केन्द्रको उद्‌घाटन गरेका छन् ।

अटिजम सेवा केन्द्रका प्रमुख नर्सिह कर्मचारी रश्मी कोइरालाले थेरापीको माध्यमबाट बालबालिकालाई सुधारउन्मुख अवस्थामा पुर्‍याउने उद्देश्यका साथ सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी गराइन ।