- ब्रह्मदेव यादव, विराटनगर ४१६ पटक हेरिएको
बुधबार, कार्तिक ०७, २०८१ समय : १४:०९:५५ , १ महिना अगाडि
नेकपा माओवादी केन्द्रले पुनः द्वन्दकालिन सांगठनिक संरचना ब्यूताउन सुरु गरेका छन् । नेकपा माओवादी केन्द्रले बुधबार मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकामा वाइसीएल नेपाल मोरङ जिल्लाको पार्टी कार्यालय संचालनमा ल्याएका छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्री नारायण काजी क्षेष्ठले वाइसीएल नेपाल मोरङ जिल्ला पार्टी कार्यालयको बुधबार उद्घाटन गरेका छन् ।
अब केही समय भित्र माओवादीले द्वन्दकालमा स्थापना गरेका विभिन्न जातीय मुक्तिमोर्चाको सांगठनिक कार्यालय खोल्ने तयारीमा जुटेका छन् । द्वान्दकालमा सांगठनिक संरचना ब्यूत्याएर समाज र देशमा कायम रहेको शान्ति, सुरक्षा र अमन चयन पुनः खल्बलिने सम्भावना बढेर गएको छ । सरकारमा बसेर वा सरकार बाहिर द्वन्दको अवस्था सृर्जना गरेर राजनैतिक पार्टीले आर्थिक रकम आर्जन गर्न सक्छ ।
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरी सकेका छन् । र तत्कालै सरकारमा पुग्ने अवस्था छैन । यस्तो अवस्थामा कार्यकर्तालाई आर्थिक लाभको बाटो देखाएर सक्रिय बनाउन वाइसीएल नेपाल मोरङलाई ब्यूताएका छन् । अब वाइसीएल नेपालका नेता तथा कार्यकर्ताहरू सरकारी तथा गैरसरकारी निकायबाट अनुमति लिएर सडकमा हिँडिरहेको सवारी साधनलाई विभिन्न स्थानमा रोकेर चेक जाँच गर्दै अवैध क्रियाकलाप सँगै राजश्व चुहावटको आरोप लगाउँदै थर्काएर द्वन्दकालिन अवस्था जस्तै आर्थिक लाभ आर्जनमा जुट्ने छ ।
सरकार र नेकपा माओवादी केन्द्र बिच भएको शान्ति सम्झौता पछि नेकपा माओवादी केन्द्रले द्वन्दकालिन सबै सांगठनिक संरचना विगठन गरेका थिए । तर सरकार बाहिर निस्केपछि नेकपा माओवादी केन्द्रले पुनः द्वन्दकालिन सांगठनिक संरचना पुनः ब्यूताएका छन् । जुन समाज र राष्ट्रको लागि दुर्भाग्यपूर्ण छ ।