- ब्रह्मदेव यादव, विराटनगर ७८१ पटक हेरिएको
शुक्रबार, कार्तिक ०२, २०८१ समय : १३:३८:३६ , १ महिना अगाडि
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की ८ महिनामै हेडक्वार्टर तानिएका छन् । २०८० फागुन ७ गतेदेखि मोरङ प्रहरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाली रहेका एसपी कार्की २०८१ कात्तिक २ गतेदेखि लागुहुने गरी हेडक्वार्टर तानिएका हुन् । एसपी कार्की माथि अवैध लेनदेनको आरोप लागेको छ ।
प्रहरी प्रधान कार्यालय काठमाडौंले मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीको जिम्मेवारी खोसिएको पुष्टि गरेका छन् । नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डीआइजी दानबहादुर कार्कीले मोरङका प्रहरी प्रमुख नवराज कार्कीको जिम्मेवारी खोसिएर उनको ठाउँमा अपराध अनुसन्धान शाखामा कार्यरत एसपी राजन लिम्बुलाई जिम्मेवारी दिएको बताए ।
२०८० फागुन ७ गते मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न साथ एसपी कार्कीले प्रहरी भित्र लेनदेन बन्दको घोषणा गरेका थिए । लेनदेनमा संलग्नता देखिएका प्रहरीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएका थिए । मातहतका प्रहरीलाई लेनदेन गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएका एसपी कार्की आफै लेनदेन गरेको आरोपमा कारवाहीमा परेर हेडक्वार्टर तानिएका छन् ।