- ब्रह्ममदेव यादव, विराटनगर ६५४ पटक हेरिएको
आइतबार, आश्विन २७, २०८१ समय : ०९:२१:०९ , १ महिना अगाडि
नर सेवा नारायण सेवाले विराटनगरको कोशी अस्पतालमा सञ्चालन गरिरहेको खाना वितरण कार्यक्रमले एक वर्ष पुरा गरेको छ । नर सेवा नारायण सेवाको केन्द्रिय कार्यालय विराटनगरले २०८० साल असोज २८ गते विजया दशमीको आगमन सँगै घटस्थापनाको दिनदेखि कोशी अस्पतालमा उपचार गराई रहेका बिरामी र बिरामीका कुरुवाका लागि अन्नपूर्णा रसोइको नामबाट निःशुल्क रुपमा खाना वितरण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
जुन कार्यक्रम २०८१ साल असोज २७ गते विजया दशमीको भोलि पल्ट आइतबार एक वर्ष पुरा गरेका छन् । विराटनगरका समाजसेवी एवं धार्मिक व्यक्ति पृथ्वीकुमार अग्रवाल र देवकिनन्दन अग्रवाल सहित १५ जनाको समूहले नर सेवा नारायण सेवाको स्थापना गरेर कोशी अस्पतालमा निःशुल्क रुपमा खाना वितरण कार्यक्रम सुरु गरेका थिए । जुन कार्यक्रम निरन्तर चलिरहेको छ ।
पृथ्वीकुमार अग्रवाल नर सेवा नारायण सेवाका संस्थापक अध्यक्ष रहेका छन् । नर सेवा नारायण सेवाले प्रत्येक दिन कोशी अस्पतालका २ सय ५० देखि २ सय ६० जना बिरामी र बिरामीका कुरुवालाई खाना वितरण गरिरहेका छन् । एक दिनको खाना तयार पार्न ११ हजार रुपैयाँ खर्च लाग्छ । जुन रकम दाताले उपलब्ध गराई रहेका छन् ।
नर सेवा नारायण सेवाले ६२ दिन र उद्योगी व्यवसायी एवं सामाजिक व्यक्तिको सहयोगमा ३ सय ३ दिन गरी १ वर्षमा ३ सय ६५ दिन नै कोशी अस्पतालमा खाना वितरण गरेका छन् । एक जाना दाताले १ वर्ष भित्रै बढिमा १३ दिनसम्म खाना वितरण गरेका छन् ।
नर सेवा नारायण सेवाका संस्थापक अध्यक्ष पृथ्वीकुमार अग्रवालले विराटनगर–१० तीनटोलीया युवा चौक स्थित आफ्नै घरमा २ जना खाना पकाउने कारिगर राखेर प्रत्येक दिन खाना तयार गरिन्छ । र यसरी तयार गरिएको खाना प्याकिङ गरेर कोशी अस्पतालको खाना वितरण स्टलबाट वितरण गरिरहेका छन् । जुन कामलाई समाजका हरेक क्षेत्र, तह र तप्काका व्यक्तिहरूले स्वतस्फुर्त रुपमा दान रकम भन्दै निरन्तर सहयोग गरिरहेका छन् ।