- ब्रह्मदेव यादव, विराटनगर ५८१ पटक हेरिएको
मंगलबार, आश्विन २२, २०८१ समय : १६:२३:१६ , २ महिना अगाडि
विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालले बालबालिकामा देखिएको दृष्टि कमजोरीलाई उपचार मार्फत हटाउन अभिभावक सँग आग्रह गरेका छन् । रामलाल गोल्छा आँखा अस्पतालले मंगलबार सञ्चारकर्मीसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम मार्फत समयमा नै बालबालिकाको उपचार गरेर दृष्टि कमजोरीलाई हटाउन आग्रह गरेका हुन् ।
रामलाल गोल्छा आँखा अस्पतालका महासचिव एवं उद्योगी सुरेन्द्र गोल्छाले बालबालिकामा देखिएको दृष्टि कमजोरीलाई समयमा नै उपचार गर्न सकेको खण्डमा उनीहरू देशको योग्य नागरिक बन्नका लागि अध्ययन मार्फत अगाडि बढ्ने बताए । नेत्र रोग विशेषज्ञ डा. अनिमा देसार र डा. इशा श्रेष्ठले रामलाल गोल्छा आँखा अस्पतालले प्रदान गरिरहेको सेवाको बारेमा जानकारी गराएका थिए ।
सन् १९९३ मा स्थापना भएको रामलाल गोल्छा आँखा अस्पतालले नेत्र रोगको क्षेत्रमा थप सेवा सुविधा प्रदान गर्ने लक्ष्यको साथ नयाँ संरचनाको निर्माण गरिरहेका छन् । विराटनगरमा मुख्य अस्पताल भवन रहेको रामलाल गोल्छा आँखा अस्पतालले सुनसरीको बराहक्षेत्र, इटहरी, देवानगञ्ज र मोरङको सुनवर्षी र धनपाल थानमा सामुदायिक आँखा केन्द्र सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय रामलाल गोल्छा आँखा अस्पतालले काठमाडौंको तिलगंगा आँखा अस्पताल सँग सहकार्य गरेर आँखा सम्बन्धी विभिन्न रोगको जटिल शल्यक्रिया गरिरहेका छन् ।