मोती दुगड र त्रान आन तान बिच भेटघाट 

  • चिरफार डटकम, विराटनगर ८८७  पटक हेरिएको

बिहिबार, आश्विन १७, २०८१ समय : १८:२१:३० , ३ महिना अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग र भियतनाम सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डल बिच काठमाडौंमा भेटघाट तथा छलफल भएका छन् ।

नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागका अध्यक्ष मोती दुगड र नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष एवं भियतनाम सरकारका पूर्व गृहमन्त्री त्रान आन तानको प्रतिनिधि मण्डल बिच उद्योग, व्यापार परियोजना सञ्चालन र जनस्तरको सम्बन्ध विस्ताका विषयमा छलफल भएका छन् ।

नेपाल र भियतनाम बिचको सम्बन्धलाई थप सुदृढ बनाउने, लगानी, पर्यटन र व्यापार प्रर्वद्धन एवं जनस्तरको सम्बन्ध विस्तारका विषयमा दुवै देशका प्रतिनिधि मण्डल बिच छलफल भएको दुगडले बताए । दुगडले समसामयिक तथा आर्थिक व्यापार विस्तारको बारेमा छलफल भएको बताए ।

ट्रेड एण्ड कमर्स, पर्यटन र सिधा हवाई सेवा सञ्चालनका विषयमा कसरी अगाडि बढ्ने विषयमा वृहत रुपमा छलफल भएको दुगडले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुगड पूर्वप्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार रहनु भएको थियो ।