- ब्रह्मदेव यादव, विराटनगर १००९ पटक हेरिएको
बुधबार, आश्विन १६, २०८१ समय : १७:३२:५७ , २ महिना अगाडि
जोगबनी भन्दा विराटनगरको सेन्ट्रल बजार सस्तो छ । सेन्ट्रल बजार सञ्चालक समितिले नेपालीहरूको महान चाड पर्व विजया दशमीलाई लक्षित गरेर बम्पर दशैं उपहार कार्यक्रम अन्तर्गत जोगबनी भन्दा विराटनगरमा सर्वसाधारणलाई सस्तोमा सामान उपलब्ध गराउने निर्णय गरेको हो । “अब जानु पर्दैन पारी, जब विराटनगरमै छुट भारी” नाराको साथ सेन्ट्रल मल भित्रको सेन्ट्रल बजारमा जोगबनी भन्दा सस्तोमा सामान बिक्री गर्ने तयारी गरेको छ ।
विराटनगरको मेनरोड स्थित सेन्ट्रल मल भित्रको सेन्ट्रल बजारमा असोज १७ गते बिहीबार घटस्थापनाको दिन देखि भारी छुटमा सामान बिक्री गरिने छ । असोज २५ गते शुक्रबार महाअष्टमी/महानवमीको दिनसम्म भारी छुटमा सामान बिक्री गरिने छ । सेन्ट्रल बजारका संचालक राकेश जैनका अनुसार सर्वसाधारणले सामान खरिद गर्दा बढिमा १० प्रतिशतसम्म छुट पाउने छन् । गार्मेन्ट, जुत्ता, घडी र मोबाइलको सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने छ ।
सेन्ट्रल बजारमा ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्ने ग्राहकलाई सेन्ट्रल मलको सिनेमा हलमा एउटा मुभिज हेर्न निःशुल्क टिकट उपलब्ध गराइने छ । सेन्ट्रल बजारमा सामान खरिद गरेर ग्लोबल आई.एम.ई. बैंकको कार्डबाट भुक्तानी गर्ने ग्राहक सबै सामानमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिने छ ।
सेन्ट्रल मल भित्र सेन्ट्रल बजार सञ्चालक समितिले सञ्चालन गरिरहेको विश्व प्रसिद्ध ब्रान्डेड सोरुमबाट सामान खरिद गर्ने ग्राहकलाई १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । सेन्ट्रल बजारले सञ्चालन गरिरहेको टाइटन घडीको सोरुम, जेन्स पार्क सोरुम र ट्रेडिस्नल ट्रेन सोरुमबाट कुर्ता पैजामा खरिद गर्ने ग्राहकलाई १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक जैनले बताए ।
सेन्ट्रल बजारले बिहीबारदेखि बाबा सनफ्लावर तेल प्रति लि. १८९ रुपैयाँ, घैला छाप तोरीको तेल प्रति लि. २२९ रुपैयाँ, धारा छाप तोरीको तेल प्रति लि. २४९ रुपैयाँ, चिनी प्रति केजी ६९ रुपैयाँ, रहर दाल प्रति केजी २५९ रुपैयाँ, मुङ दाल प्रति केजी १५९ रुपैयाँ, मसुर दाल प्रति केजी १२५ रुपैयाँ बिक्री गर्ने जानकारी गराएको छ ।
लालिगुँरास जिरा मसिनो चामल २५ केजीको २३०० रुपैयाँ, लालिगुँरास लङग्रेड ट्रेडिस्नलड चामल २० केजीको २९०० रुपैयाँ, फर्चुन मैदा प्रति केजीको ७५ रुपैयाँ, स्वस्तिक आटा ५ केजी ३२५ रुपैयाँ, डिडिसी घ्यू प्रति केजी ९७५ रुपैयाँ, कोक २ लिटर १६० रुपैयाँ बिक्री मूल्य तोकेको छ ।